
जी एन शर्मा
कविता
बोल्नु हुन्छ उहाँ , न्याय,समानता र स्वतन्त्रताका कुरा
तर, भाषणमा
लेख्नु हुन्छ उहाँ , भोक, भात र झुप्राका कुरा
तर, प्रतिवेदनमा
उहाँ नै हो हिजोको कमरेड
तर, अनुहारमा
अन्तरमन परिवर्तन सहित अनुहार मात्रको बन्नु भएको छ कमरेड, कठै कमरेड भन्नु जस्तो
क्रान्तिलाई कठैबरा बनाएर कठै कमरेड बन्नु भएको छ उहाँ र उहाँहरु
जनसपनाका सपनाहरु पस्कनु हुन्छ बाहिर
भित्र हामीलाई मुर्गा बनाएको उत्सवमा मरिमरि हाँस्नु हुन्छ उहाँ र उहाँहरु
उहाँ हिजोकै उहाँ कमरेड हो तर कठै कमरेड बन्नु भएको छ अहिले
रुप उही हो तर रहर उहाँ र उहाँहरुका अहिले फेरिएकाछन्
मान्छेका जिवन सिकाउने उहाँहरु अहिले मस्तिको धुनमा झुमिरहनु भएको छ
भत्किए त मान्छेका सपना र अपेक्षाहरु तर उहाँहरु त बलिया हुनुहुन्छ
भोकाए त हिजोका भोकानै हरु उहाँहरु त ढकारि रहनु भएको छ
अहिले पनि बन्न खोज्नु भएको छ कमरेड तर असलमा हुनुभएको छ कठै कमरेड!


