कला

विजयको ‘बिगिल’ ले ५ दिनमा छाप्यो २ सय करोड

एजेन्सी

दिपावलीको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘हाउसफुल ४’ ले जबरजस्त व्यापार गरिरहँदा तमिल सुपरस्टार विजयको फिल्म ‘बिगिल’ ले पनि बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । ‘हाउसफुल ४’ ले प्रदर्शनको ५ दिनमा सय करोडको व्यापार गरेको थियो । विजयको फिल्मले भने ५ दिनमा विश्वभरबाट २ सय करोड छापेको रिपोर्ट प्राप्त छ ।

फिल्म विश्लेषक सुमित काडेलले ट्वीट गर्दै लेखेका छन्, ‘‘बिगिल’ ले प्रदर्शनको पाँच दिनमा विश्वभरबाट २ सय रुपैयाँ कमाउन सफल भएको छ । थलपति विजयको फिल्मको बम्पर कमाईको शिलशिला जारी छ ।’’ एटली कुमार निर्देशित फिल्मले विश्वभर धूम मच्चाएको छ । ४ हजार २ सय स्क्रिनमा रिलिज भएको यो फिल्मले संसारभर ५ सय करोड कमाउने अनुमान गरिएको छ ।

‘बिगिल’ एक स्पोर्ट्स एक्सन फिल्म हो, जसमा विजय पिता र छोरा गरि दुई भूमिकामा छन् । पिताको रुपमा उनी एक स्थानीय डनको भूमिकामा देखिएका छन् । भने, छोराको रुपमा उनी एक महिला फुटबल टीमको कोचको भूमिकामा छन् । यी अभिनेताले कोचको भूमिकाका लागि प्रशिक्षण लिएका थिए । विजय फिल्मको सानदार कमाईबाट निकै खुसी छन् ।

फिल्‍मको इन्टरभल सिक्वेन्स दर्शकलाई निकै मन परेको छ । निर्देशक ऐटलीको पनि यो फेभरेट सिन हो । १ सय ८० करोडमा निर्माण भएको यो फिल्ममा नयनतारा, ज्याकी श्राफ, योगी बाबूलगायतका कलाकारहरुको अभिनय छ । बलिउड फिल्‍ममेकर करण जोहरलाई पनि यो फिल्म निकै मन परेको छ । उनले फिल्म हेरेपछि सोसल मिडियामा तारिफ गरेका छन् ।flimykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button