सृजनाको चौतारी

बसन्तको झल्को

 कविता

१, बसन्तको झल्को मनमा,
आउन थाल्यो अब।
बोट बिरुवा पाउला लाग्न,
तयारी छन सब।।
२,घङगरु र काफलको,
हाँगा हाँगा चाली।
कुहुँ कुहुँ कोयली गाँउछे,
रानी बन उचाली।।
३, चाँप फुल्यो चिमल फुल्यो,
डाडै हराभरा।
झ्याँउकिरी को झनै आवज,
सुन्छु वर पर।।
४,गुराश का थुगा देखि,
यो मन खुसि हुने।
रानी चरी रमाई रमाई,
झनै पर जाने।।
५ ति हिमाली पाखा भिर,
चौरी गाई चरेको,
पिउरा चरी स्वर् खोली,
तराई मा झरेको।।
६, ऋतु मध्य बसन्त यो,
राजा नै हो हाम्रो ।
चारै तिर फृल फुलेका,
हेर्न कति राम्रो।।
७, बिहानी पख उत्तर हेरौ,
हिमाल कति राम्रो,
यसैले नै बिस्वाभरी,
सान राख्छ हाम्रो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button