मूल खबर

नेकपा (एमाले) झापाका उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा

मेचीनगर । नेकपा (एमाले) झापाका उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकीछन् । श्रेष्ठले आज पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एमाले परित्याग गरेको घोषणा गरेकीहुन् ।

उनले एमाले भित्र कार्यकर्ताहरुको कामको मुल्याकंन हुन छोडेको र नेतृत्व एकल कम्पनी जस्तो भएर अगाडी बढेको हुनाले पार्टीमा बस्ने वातावरण नभएको आरोप लगाउँदै पार्टी परित्याग गरेको बताइन् । आफु जिल्लाको उपसचिव भए पनि पार्टीका जिम्मेवार बैठकहरुमा समेत नबोलाउने र गुटगत बैठक बसेर पार्टी चलाउने गरेको उनको आरोप छ ।

विभिन्न १९ बुँदे कारणहरु लिखित रुपमा सर्वाजनिक गर्दै आजकै दिनदेखि स्वतन्त्र नागरिकका रुपमा रहने श्रेष्ठले बताइन्।झापा भद्रपुर निवासी श्रेष्ठ भद्रपुर नगरपालिकाकी निवर्तमान उपमेयर र अधिवक्ता समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button