मूल खबर

झापाका १० क्याम्पसमा निर्वाचन सकियो

दमक बहुमुखि क्याम्पसमा भएको निर्वाचन ।

गोरखापत्र अनलाइन
विष्णुप्रसाद पोखरेल

दमक । झापामा शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा आज स्ववियु निर्वाचन भएको हो ।

झापामा १३ वटामध्ये १० वटा क्याम्पसका विद्यार्थीहरूले अपराह्न ४ बजेसम्ममा मतदान गरेका छन् । १ वटा क्याम्पसमा निर्विरोध र २ वटा क्याम्पसमा निर्वाचन स्थगन भएका कारण मतदान हुन सकेन ।

काँकडभिट्टा बहुमुखी क्याम्पसको निर्वाचन चैत १० गतेका लागि सरेको छ । गौरादह बहुमुखी क्याम्पसमा निर्वाचन स्थगन भएको र निर्वाचनको नयाँ मिति तय भइनसकेको बताइएको छ । बिर्तामोड ८ को गरामनी क्याम्पसमा भने स्ववियु निर्विरोध घोषणा भएकाले विद्यार्थीहरूले मतदान गर्नु परेन । अन्य क्याम्पसहरूमा सौहार्दपूर्ण रूपमा निर्वाचन सकिएको र मतगणनाको काम आइतबार रातीदेखि नै हुने भएको छ ।

झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर, त्रिदेव क्याम्पस चारआली, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, कनकाई आदर्श क्याम्पस बिर्तामोड, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, दमक क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस, सीतारमेश क्याम्पस बुधबारे, शनिश्चरे बहुमुखी क्याम्पस, गौरादह कृषि क्याम्पसमा स्ववियु निर्वाचन भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button