खेलकुद

बार्सिलोनासँग रियल म्याड्रिडको हार

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोना २–१ ले विजयी भएको हो ।

आत्मघाती गोलले पछाडि पर्नुका बावजुत बार्सिलोनाले एल क्लासिकोमा महत्वपूर्ण जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा सजी रोबर्टाे र फ्रान्क केस्सीले गोल गरे ।

स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । ४५औं मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

८१औं मिनेटमा मार्काे एसेन्सियोले गोल गरेपछि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुक्यो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाए ।

यस जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई हराउन सफल भएको छ । १६ अक्टोवर २०२२ मा ३–१ को जित निकाले यता रियलले जित निकाल्न सकेको छैन ।

यस जितसँगै बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । पराजित रियलको ५६ अंक छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button