मूल खबर

सिक्किममा हिउँ पहिरो: ३ नेपालीसहित ७ जनाको मृत्यु

न्युज अफ नेपाल
काठमाडाैं ।

गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार तीन नेपालीसहितको सातको मृत्यु भएको हो । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको गान्तोकका डिस्ट्रिक कलेक्टर तुसार निखारेले विज्ञप्ति निकालेर जनाएका छन्।

साथै नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन्। उनीहरू घुम्न त्यहाँ पुगेका थिए।मंगलबार मध्याह्न गान्तोक(नाथुला जेएनएम सडकमा हिउँ पहिरो गएको थियो। हिउँ पहिरोमा करिब ५ सय पर्यटक फसेका थिए।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाबाट आफू दुखी भएको उल्लेख गरेका छन्। उनले घाइतेहरूको सरकारले उपचार गर्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button