स्वास्थ्य

सेती अस्पतालमा उपचाररत बिरामीको पेटभित्र खाली बोत्तल फेला

बिराज रोस्यारा
कैलाली । कैलालीको धनगढीमा एक बृद्धको पेटमा खाली बोत्तल फेला परेको छ ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो। उनको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ।

उनी धनगढीको फुलबारीको ‘एच’ गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो भन्ने विषयमा भने स्पष्ट हुन सकेको छैन।हिमालय टाइम्सबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button