भिडियो चौतारीस्वास्थ्य

सेतो एप्रोन लगाएर बाहिरबाट आएका गुन्डाले छतबाट खसाल्छु भने : नेसनल मेडिकल कलेजका विद्यार्थी [भिडियो]

काठमाडौं- सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका विद्यार्थी यतिबेला काठमाडौंमा छन्। वीरगञ्जमा विरोध र्‍याली गर्दा कलेज प्रशासनले विद्यार्थीलाई बन्धक बनाउने र गुन्डा लगाएर आक्रमण गर्नेसम्मको कार्य गरेको भन्दै सुरक्षाको माग राख्दै उनीहरु काठमाडौं आएका हुन्।

बन्धक बनाएर विद्यार्थीहरु थुनिँदा पनि प्रहरी प्रशासनबाट सहयाेग नपाएकाे विद्यार्थीहरुकाे गुनासाे छ।

कलेज प्रशासनले विरोध गर्ने विद्यार्थीमाथि बाहिरबाट गुन्डा बोलाएर समेत आक्रमण गरेको विद्यार्थीहरु बताउँछन्। सो क्रममा सेतो एप्रोन लगाएर बाहिरबाट आएका गुन्डाले छतबाट खसालेर ज्यान मार्ने धम्की समेत दिएको विद्यार्थीहरु बताउँछन्।

कलेजमा भएको उक्त आक्रमणको कहालीलाग्दो क्षणबारे विद्यार्थीहरुले हामीसँग कुराकानी गरेका छन्। विद्यार्थीहरुको सुरक्षाका कारण उनीहरुको अनुहार र आवाजलाई हामीले प्रष्ट देखाउन सकेका छैनौै।स्वास्थ्य खबरपत्रिका

हेरौं उनीहरुको भनाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button