
डा. केदार कार्की
कृषि कार्यबाट धन आर्जन प्राचीन कालबाट गरिँदै आएको छ । प्राचीन सभ्यताहरू स्वावलम्बी कृषिमा नै निर्भर रह्यो । स्वावलम्बी कृषक बाहिरको खाद्यानको मूल्य चुकाउँदैन, त्यो त आफैँ उत्पादन गर्दछ ।
स्वावलम्बनको अर्थ पर्याप्त उत्पादन गर्नु, पैसा कमाउनु तथा विपत्तिका वेलाका लागि बचाएर राख्नु हो । आजका हाम्रा कृषक आफ्नो परम्परागत ज्ञानलाई परिमार्जन गर्दै कृषि कमद्वारा माटोबाट सुन बनाउने कार्य गर्दै आइरहेका थिए । तर आज पाश्चात्यको प्रभाव, हरित क्रान्तिको चकाचौध, कृषिको यान्त्रीकीकरण, रासायनिक मल तथा किटनाशक विषादीहरूको तात्कालीक लाभलाई देखेर हाम्रा कृषक कृषिको स्वावलम्बनबाट टाढा भएर रासायनिक खेतीमा मल उर्वरक बीउ तथा किटनाशक औषधिको प्रयोग हुन थाल्यो । कृषकहरूले धेरै उत्पादन लिनका लागि आवश्यकताभन्दा बढी रासायनिक औषधिहरूको प्रयोग गर्न थाले । जसले गर्दा उत्पादनमा बढोत्तरी त अवश्य हुन्छ तर साथसाथै प्रतिहेक्टर खर्च पनि वढेर जान्छ नै । यसबाट कृषकको आम्दानी मात्र घटेर गएन बरु पर्यावरणमा पनि विपरीत असर हुँदै गएको देखा पर्दै छ ।
पछिल्ला चार दशकहरूमा कृषि रसायनहरू, मलखाद, किटनाशक, झारपातनाशक तथा पानीको अविवेवीय अन्धा उपयोगले माटोको उर्वरता, कृषि उत्पादकत्वका कारकहरू, उत्पादनका गुणवत्ता एवं पर्यावरणमा प्रतिकुल प्रभाव पारेको छ । विश्वको जनसंख्या दिन प्रतिदिन बढदै छ र खाद्यानको आवश्यकता पनि वृिद्ध हुँदै गइराखेको छ । रासायनिक उर्वरक तथा किटनाशकहरूको प्रयोगले कृषियोग्य भूमिमा निम्न परिणाम देख्न सकिन्छ ।
(१) भूमि सतह साह्रो हुनु
(२) उपयोगी जीवाणुहरूको संख्या निरन्तर घट्दै जानु
(३) भूमिको जल धारण क्षमतामा कमि हुनु
(४) माटोमा क्षारीय लवणता तथा जलागममा वृद्धि हुनु
(५) भूमिमा जीवाश्मको मात्रा कम हुनु
(६) बोटविरुवामा किराको प्रकोप, रोगव्याधी तथा झारपातको प्रकोप वृद्धि हुनु
(७) भूमिको उत्पादकत्वमा निरन्तर कमि हुनु ।
विश्वको जनसंख्या सन् २०५० सम्ममा ९ अर्ब पुग्ने अनुमान गरिन्छ । तर हाम्रो कृषिजन्य उत्पादन बढ्नुको साटो स्थिर हुँदै छ । यिनै कुरालाई मनन गर्दै कृषि विज्ञहरू आधारीय वा टिकाउ दीगो खेती गर्नतिर जोड दिन थालेका छन् । दीगो खेती प्रणालीको तात्पर्य बालीनाली तथा पशुपालन उत्पादन एकीकृत संरचनाबाट होस्, जसले लामो समयसम्म निम्न कुरालाई पूर्ण गर्न सकोस्
(१) मानिसको भोजनको सहज आपूर्ति हुन सकोस्
(२) वातावरणको गुणस्तर तथा प्राकृितक सम्पदाको संरक्षण हुन सकोस्
(३) ती सवै स्रोेतहरूको प्रभावी ढंगले उपयोग होस् जसको पुनर्उत्पादन हुन सक्दैन
(४) भूमिको आर्थिक उपयोगिता कायम रहिरहोस्
(५) कृषक तथा समाजको जीवनस्तर वृद्धि हुन सकोस् ।
यस प्रकारले दीगो खेती प्रणालीमा ती सवै कुरा समाहित छन्ः जसले वातावरणमा सुधार होस, आर्थिक लाभ होस् र समाजसमा समानता आओस् । यहाँ पशुपालनको दीगो खेतीमा बराबरीको हिस्सेदारी छ । किनभने पशुहरूको कृषिमा आर्थिक उपयोगिता छ । साथै यिनले चरन एवं बालीविरुवाको अवशेषलाई मानिसका लागि भोजनयोग्य बनाउँदछ । यिनले पोषक तत्वहरूको चक्र चलाउनमा मद्दत गर्दछन् तथा माटोको उर्वरतालाई जोगाएर राख्नमा मद्दत पु–याउँछन् ।
कृषकहरूले धेरै उत्पादन लिनका लागि आवश्यकताभन्दा बढी रासायनिक औषधिहरूको प्रयोग गर्न थाले । जसले गर्दा उत्पादनमा बढोत्तरी त अवश्य हुन्छ तर साथसाथै प्रतिहेक्टर खर्च पनि वढेर जान्छ नै । यसबाट कृषकको आम्दानी मात्र घटेर गएन बरु पर्यावरणमा पनि विपरीत असर हुँदै गएको देखा पर्दै छ ।
जैविक खेती प्रणाली भन्नाले खेतीमा रासायनिक मल, किटनाशक आदिको प्रयोग नगरी तीनको विकल्पको जैविक मल, जैविक किटनाशक तथा जैविक वृद्धिकारकको उपयोग गरी उत्पादन लिन सकिने पद्धतिलाई बुझिन्छ । जैविक मल बनाउन पशुहरूको आवश्यकता पर्ला, किनभने पशुबाट गोबर, मलमुत्र इत्यादि प्राप्त हुन्छ । यसबाहेक कुखुराको खोरबाट निस्कने सोतरको मलले पनि जमिनको उर्वराशक्ति बढाउन धेरै मद्दत गर्छ । किनभने यो मलमा लगभग २० प्रतिशत प्रोटिन पाइन्छ । जसले गर्दा यस मलमा नाइट्रोजनको मात्रा अधिकतम लगभग ३ प्रतिशत तथा फोस्फोरस एवं पोटास क्रमस ः २ –२ प्रतिशत हुने गर्दछ ।
त्यस्तै बंगुरको मलमा नाइट्रोजन, फोस्फोरस एवं पोटास क्रमस ः ०.७ – ०.६ एवं ०.७ प्रतिशत पाइने गर्दछ । यसबाहैक जैविक खेतीमा विभिन्न मलहरू जस्तैः गोवर तथा अन्नबालीका बोटविरुवाको अवशेषको मिश्रणबाट बन्ने कम्पोस्ट मल, गोवरग्यास संयन्त्रबाट निस्कने मल तथा वर्मी कम्पोस्ट आदिको उपयोग हुने गर्दछ । वर्मी कम्पोस्ट मलबाट जमीनलाई ८०० ग्राम नाइट्रोजन ११०० ग्राम फस्फोरस तथा ५०० ग्राम पोटास प्राप्त हुन्छ । बर्मी कम्पोस्टको अम्लीयता, क्षारीयता ६.८ देखि ७.२ को बीच हुने गर्दछ । यसले माटोको तापक्रम सन्तुलित राख्न सहयोग पु–याउँछ र माटोमा पानी सोस्ने प्रवृत्ति बढेर जान्छ।
यसबाहेक पशुको मुख्य उपयोग यो छ कि यिनले जुन जमिन बाँझो हुन्छ त्यसलाई उब्जाउ बनाउन मद्दत गर्दछन् । माथि उल्लिखितबाहेक दीगो खेतीमा प्राकृतिक श्रोतहरूको पनि प्रभावकारी ढंगले उपयोग गरिने हुन्छ । यसका लागि हामी यान्त्रिक ऊर्जाको साटो पशुबाट प्राप्त हुने ऊर्जा किन प्रयोग गर्ने भन्नेबारे निम्न तथ्यले पृष्टि गर्दछ ।
(१) पशुको उपयोगिताले किसानको कार्यक्षमता बढाउन मद्दत गर्दछ । यस्ले बाली विविधिकरण कृषि क्षेत्रको बिस्तार तथा समयमा कृषि कार्यलाई संपन्न गर्न सहायक हुन्छ
(२) यान्त्रिकमा आधारित उत्पादन प्रणाली केही बालानालीमा मात्र सीमित हुने गर्दछ । यसप्रकार विविधतालाई तहसनहस पार्दछ ।
(३) पशु परिचालित यन्त्र सस्तो सुलभ तथा स्थानीय स्तरमा बनाउन सकिन्छ
(४) पशु ऊर्जाको प्रयोगले महंगो तथा अनवीकरणीय इन्धनमा हुने खर्चको बचत गराउँछ । पशुले खेतबाट नै उपलब्ध बालीनालीको अवशेष खाएर त्यसलाई उपयोगी चीजहरू जस्तैः दूध, वायोग्यास र मल आदिमा रूपान्तरण गराउँदछन् । जुन भोजनका लागि मानव प्रतियोगी पनि हुँदैनन्
(५) ऊर्जा पशुहरूको उपयोगले पशुहरूलाई बालीनाली उत्पादनसँग जोड्न मद्दत गर्दछ । यसरी पशुहरूको शक्तिलाई बालीनाली उत्पादनमा निरन्तर बनाइ राख्नका लागि प्रयोग हुँदै गर्दछ ।
(६) एक पटक ट्रयाकटर पावर टिलर जस्ता यन्त्रको जीवन अवधि जुन छोटो हुने गर्दछ । समाप्त भइसकेपछि तिनको कुनै प्रयोगात्मक उपयोग रहँदैन । पशु यिनमा गरिएको लगानी विभिन्न किसिमले फिर्ता गर्ने गर्दछन् । यिनीहरूले बाँचुञ्जेल तथा मरेपछि पनि पशुपालकलाई धेरैखाले उपयोगी चीज दिने गर्दछन् ।
(७) यान्त्रिक उपकरण प्रयोग गर्दा किसान ऋणमा फस्ने डर हुन्छ । यदि ठूलो ऋण सहायताले यान्त्रिकीकरण सफल भइहाले पनि धेरैजसो कृषकले आपm्नो थातथलो छोड्न वाध्य हुन पुग्छन् । किनभने यन्त्रको सहयताले ठूलाठूला कृषि कार्य केही श्रम शक्तिबाट सम्पन्न गर्न सकिने हुन्छ ।
(८) यान्त्रिकीकरणले गर्दा जमिनको तयारीमा श्रमिकहरूको परोक्ष पलायन हुने गर्दछ ।
यस प्रकारले यो प्रष्ट हुन आउछ कि दीगो कृषि प्रणालीमा पशुहरूको धेरै ठूलो योगदान हुने गर्दछ । जसलाई कम आकलन गर्न सकिन्न । त्यसैले समग्र कृषिजन्य प्रणालीको स्थिर दीगो विकास, वातावरणीय तथा पर्यावरणीय संतुलन तथा प्राकृतिक संसाधनको उचित सदुपयोग, ग्रामीण रोजगारीको अवसर, आय आर्जनको दिगो सुनिश्चितताका साथै खाद्य सुरक्षासहितको स्वस्थ जनसमुदायको सुनिश्चितताका लागि पनि पशुपालनको संलग्नताविनाको दिगो कृषि क्षेत्रको परिकल्पना गर्न सकिन्न ।
डा. केदार कार्की, पशुपालन तथा पशु स्वास्थ्य व्यवस्थापन विज्ञ
अष्ट्रीच नेपाल प्रा.लि रुपन्देही,हलो खबरबाट ।



