
२० कार्तिक २०७६, दोलखा । दोलखा जिल्ला भिमेस्वर नगरपालिका बोचका शर्मिला नेपाली अहिले ३४ वर्षकी भईन । उनी २० वर्षको उमेर देखि बाख्राको खोरमा जीवन बिताई रहेकी छिन, कारण शर्मिला अपाङ्ग छिन ।
३ वर्षको उमेर हुदा छारे रोगका कारण बेला-बेलामा बेहोस हुने र हात खुट्टा नचल्ने भए पछि बाख्राको खोरमा जीवन बिताउनु परेको हो । त्यस्तै उनी बेहोस हुने भएको कारण आगोमा परी उनको जिउको आधा भाग आगोले डढेको छ । स्वस्थ्यचौकीबाट उपलब्ध औँषधि ३ वर्ष सम्म प्रयोग गर्दा पनि रोग निको नभए पछि शर्मिला नेपाली यस्तो अवस्थामा पुगेकी हुन । वुवाको मृत्यु पछि परिवारमा समस्या बढे सगै जीवन गुजारा गर्न गाह्रो भएको शर्मिलाकी आमा बताउछिन । १२ वर्ष पहिले श्रीमानले संसार छोड्नु भो, एउटी भएकी छोरीको पनि यो अवस्था छ, घर चलाउन पनि निकै गाह्रो भई सक्यो गहभरि आँशु बनाउदै उनले हामीलाई सुनाईन ।

उनी भकानिदै भन्न थालिन्, “अहिले मेलापात गर्न जादाँ छोरीलाई खोरमा बन्द गरेर जानु बाध्यता छ । छोरीको दिशापिसाब आफै सोहोर्छु, लुगा धोई दिन्छु । गाँउलेहरुले धारामा छोरीको लुगा धुन दिदैनन । राति नै गएर धुनु पर्छ, छिमिकीले विहान ढोका खोल्दा सबै छोरीको लुगा धोई सकाउनु पर्छ । नेताहरु भोट माग्न आउदा छोरीलाई यस्तो गरी दिन्छु उस्तो गरी दिन्छ भनेर आश्वासन दिन्थे । भोट दिएर जिताए पछि फर्केर पनि आएनन ।”

उपचार गर्न सकेको भए निको हुन्थ्यो होला, अपाङ्ग हस्पिटलबाट उपचार गरिदिन्छु भन्थ्यो, उपचार गर्न त्यहाँ लान पनि सकिएन । त्यहाँ गएर पहल गरि दिने मान्छे पनि कोहि भएन । छोरीसँग बस्न मन लाग्छ तर यो अवस्थाले सकिदैन । छोरीको लागि कुनै संघसंस्थाले उपचार सहायोग गरे धन्यवादी हुने थिए, सर्मिलाकी आमाले रुदै आफ्नो छोरीको अवस्थाबारे हामीलाई बताइन ।



