भिडियो चौतारीस्वास्थ्य

प्रकाश चन्दसँग भिडियो वार्ता: विप्लवको छोराले विद्यार्थी उचाल्यो भन्नेहरूले पीडितका विषयमा बोल्नु पर्दैन?

काठमाडौं- देशभर मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित छन्। मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ताको माग गरिरहेका छन्।

कलेज केन्द्रित आन्दोलनबाट उपलब्धि हासिल नभएपछि उनीहरु काठमाडौं आइपुगेका छन् यतिबेला। चितवन मेडिकल कलेजका विद्यार्थी प्रकाश चन्दको नेतृत्वमा विद्यार्थीहरुले काठमाडौंकेन्द्री आन्दोलन गरिरहेका छन्।

नेपाल लाइभको समय संवादमा मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनबारे कुरा गर्दै चितवन मेडिकल कलेजका विद्यार्थी प्रकाश चन्दले सडकमा आएर स्वर सुकाइरहदाँ सरकारले टुलुटुलु हेरेर बसेको बताए। उनले सरकारले गरेको निर्णय कार्यान्वयन गराउँन विद्यार्थीहरु संघर्षरत हुँदा सरकारको मौनता जालझेलपूर्ण हो कि भन्ने आशंका रहेको बताए।

नेत्र विक्रम चन्द ‘विप्लव’को छोराले विद्यार्थी उचाल्यो भन्नेहरुलाई उनले विप्लवका छोरा मात्र मेडिकल शिक्षा सुधारमा नलागेको बताए। उनले मेडिकल क्षेत्रमा लाग्ने विप्लवको छोरामा नभई पूर्वदेखि वर्तमान राष्ट्रपतिको सन्तानसम्म भएको स्पष्ट पारे। चन्दले पीडित विद्यार्थीको विषयमा बोल्न शीर्ष नेतृत्वमा रहेकाहरुलाई पनि आग्रह गरेका छन्।स्वास्थ्य खबरपत्रिका

विस्तृत भिडियोमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button