खेलकुद

बोरुसियासँग रोमाको हार, इस्तानुबुल शीर्षस्थानमा

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा लिगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग हार बेहोरेको छ । रोमाले घरेलु टोली बोरुसिया मोन्चेनग्लाडवाचसँग २–१ को हार बेहोरेको हो ।

बिहीबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३५औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । फेडरिको फाजियाले आफ्नै पोस्टमा गोल गरेका थिए । ६४औं मिनेटमा फेडरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा मार्कुस थोरामले गोल गर्दै मोन्चेनग्लाडवाचलाई २–१ को महत्वपुर्ण जित दिलाए । जितसँगै बोरुसिया समूह ‘जे’ मा ४ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित रोमाको पनि ५ अंक रहेपनि गोल अन्तरमा तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा टर्किस क्लब इस्तानुवुल बासकसेहिरले अष्ट्रियन क्लब वल्सवर्गरमाथि ३–० को सहज जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । इस्तानुबुलको ४ खेलबाट ७ अंक छ । वल्सवर्गर ४ अंक जोडेर पुछारमा छ । इस्तानुबुलको जितमा इन्जो क्रिभेलीले दुई तथा इडिन भिस्काले एक गोल गरे ।

निकै नै प्रतिपर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इस्तानुबुलले उठायो । नेमान्जा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि इस्तानुबुलले तीन गोल गर्न सफल भयो ।

७६औं मिनेटमा इडिन भिस्काले गोल गरे । ८४ र ८७औं मिनेटमा इन्जोले गोल गर्दै इस्ताुनबुललाई ३–० को सहज जित दिलाए ।
हरेक टोलीले दुई खेल खेल्न बाँकी रहँदा यो समूहबाट सबै चार टोलीको युरोपा लिगको नकआृट चरणमा पुग्ने सम्भावना उत्तिकै छ ।

युरोपा लिगका नतिजाहरु:

एफसी एस्तानाविरुद्ध एजेट अल्कामार (०–५)

एफसी कोपेनहेगनविरुछ डाइनामो किभ (१–१)

क्रास्नोडरविरुद्ध ट्रावजन्सपर (३–१)

एफ ९१ डुडेलेन्जविरुद्ध सेभिल्ला (२–५)

लास्कविरुद्ध पीएसभी इन्डोभेन (४–१)

लुगानोविरुद्ध माल्मो (०–०)

एपोइल निकोसियाविरुद्ध क्वारावाग (२–१)

बसेलविरुद्ध गेटाफे (२–१)

सिएफआर क्लजविरुद्ध रेनिस (१–०)

लाजियोविरुद्ध सेल्टिक (१–२)

रोसेनवर्गविरुद्ध स्पोर्टिङ सिपी (०–२)

स्टान्डर्ड लिजविरुद्ध फ्रान्कफर्ट (२–१)

रेन्जर्सविरुद्ध एफसी पोर्टाे (२–०)

फियोनोर्डविरुद्ध योङ ब्वाइज (१–१)

एफसी ओलेक्सान्ड्रियविरुद्ध सेन्ट इटिने (२–२)

वल्सवर्गविरुद्ध जेन्ट (१–३)

म्यानचेस्टर युनाइटेडविरुद्ध पार्टीजान बेलग्रेड (३–०)

वल्भ्सविरुद्ध स्लाभान ब्राटिसलाभा (१–०)

ब्रागाविरुद्ध बेसिक्टास (३–१)

इस्पान्योलविरुद्ध लुडोगोरेट्स (६–०)

hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button