
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । युनाइटेडले सर्वियन क्लब पार्टीजान बेलग्रेडमाथि ३–० को सहज जित हात पार्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सहज जित दिलाउन युवा फरवार्ड मेसन ग्रीनवुड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले गोल गरे। खेलको २२औं मिनेटमा ग्रीनवुडले युनाइटेडको गोलको खाता खोलेका थिए । उनले रासफोर्डको पासलाई सदुपयोग गरेका थिए । ३३औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० ले अघि बढ्यो ।
४९औं मिनेटमा एस्ले योङको पासमा रासफोर्डले गोल गरेपछि युनाइटेडले खेलमा ३–० को आरादायी अग्रता बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी रहन सफल भयो ।

जितसँगै युनाइटेडले समूह ‘एल’ मा ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ । युनाइटेडले अब समुह चरणमा एस्ताना र एजे अल्कामारसँग खेल्न बाँकी छ । यि दुवै खेलमा पराजित भएपनि युनाइटेडलाई कुनै फरक पर्ने छैन । परााजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा एजे अल्कामारले एफसी एस्तानालाई उसकै मैदानमा ५–० को फराकिलो जित निकाल्दै युरोपाल लिगको नकआउट चराण्मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूहमा बाँकी दुई मध्ये एक खेलमा जित हात पारेपनि अल्कामार युरोपा लिगको नकआउट चरणमा प्रवेश गर्नेछ ।hamrokhelkud/from



