खबर

रोकिएन अवैध उत्खनन

रवीन्द्र उप्रेती

बर्दिबास । सरकारले असार लागेदेखि तीन महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि महोत्तरीमा अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन।

बाँके खोलामा भएको घटनाको २४ घण्टा नबित्दै प्रहरीले गौशाला नगरपालिका–५ स्थित मडाहा खोलाबाट गिट्टी, बालुवा चोरी निकासी गरिरहेको अवस्थामा बुधबार राति फेरि एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ। मध्य रातको समय खोला उत्खनन भइरहेको सूचनाको आधारमा गौशालास्थित इलाका प्रहरी कार्यालयबाट बुधबार राति घटना स्थल पुगेको सुरक्षा टोलीले नदीजन्य पदार्थ लोड गरिएको ज. १ त. ४७४६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। ट्याक्टरसाथ पक्राउ परेका चालक मुन्ना साहसँग आवश्यक सोधपुछ भइरहेको गौशाला प्रहरीले जनाएको छ।

अघिल्लो राति पनि महोत्तरी र सर्लाही सीमामा पर्ने बाँके खोलाबाट स्थानीयवासीले चालकसहित दुई वटा एक्साभेटर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। दुवै घटनाको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार यसअघि पनि अवैध उत्खनन गरेको आरोपमा गौशाला प्रहरीले दर्जनबढी सवारी तथा चालकमाथि कारबाही गरेको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button