खबरमूल खबर

सिक्किम राज्यका कृषि तथा वागवानी विभागका मन्त्री शर्माद्वारा रेभ. डा. खरेल अभिनन्दित

२७ कार्तिक २०७६, सिक्किम । वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अध्यक्ष तथा स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पाष्टर तथा मानार्थ विद्यावारिधिबाट सम्मानीत रेभ. डा. चेत बहादुर खरेललाई सिक्किम राज्यका कृषि तथा वागवानी विभागका मन्त्री लोकनाथ शर्माले अभिनन्दन गरेका छन् ।

दक्षिण जिल्लाको जोरथाङ खेलमैदानमा आयोजित दुई दिवसीय सिक्किम मेगा हिलिङ क्रुसेड २०१९ को भव्य कार्यक्रमका बीच सिक्किम राज्य सरकार र सम्पूर्ण सिक्किम मण्डलीको व्यापक उपस्थितीमा रेभ. डा. खरेल अभिनन्दित भएका हुन् ।
शारीरिक, मानसिक तथा आत्मिक विरामीको चंगाई सेवा गर्ने उद्देश्यका साथ आयोजित भर्खरै सम्पन्न दुई दिवसीय हिलिङ क्रुसेड २०१९ का मुख्य वक्ताका रुपमा काठमाण्डौँका डा. खरेल, प्रमुख अतिथिका रुपमा उपस्थित राज्यका कृषि तथा वागवानी विभागका मन्त्री लोकनाथ शर्मा अतिरिक्त मुख्यमन्त्रीका श्रीमती कृष्णा राई, विधायिका सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव ज्याकोव खालिङ, सिक्किम सँगसँगै नेपाल, भुटान, पश्चिम बगांलका इसाई धर्मावलम्बीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

स्मरण रहोस :  गोरखा पालुङटार–९, ठाँटीपोखरीका चेत बहादुर खरेल आमाको गर्भबाट जन्मिएको ९ वर्षसम्म त उनले ओछयानमै दिन अनि रात विताए । ९ वर्षदेखि चार खुट्टे जनावर जसरी उनले चार हात, खुट्टाले टेक्दै घिस्रिदैँ हिँडने गर्थे उनै खरेल । आफनो गाउँको नजीकै सरकारी स्कुल श्री भवानी उच्च मा.वि.मा कक्षा ८ सम्म पढेका उनको विगतका दिन निकै कष्टपूर्ण र चुनौतिपुर्ण रहेको थियो । तर असम्भवका विचमा सम्भव बनेको उनको अहिलेको नयाँ जीवनले प्रभुबाट पाएको वरदानलाई प्रयोग गरी देश विदेशमा समेत गई उनले निरन्तर चंगाईको सेवा गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button