खेलकुद

‘टेष्ट राष्ट्रसँग खेल्न पाउनु अवसर’– कप्तान ज्ञानेन्द्र

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एमसीसी इमर्जिङ टिम्स एसिया कपमा टेष्ट राष्ट्रसँग खेल्न पाउनु अवसर रहेको बताएका छन् ।

मंगलबार बंगलादेश पुगेका कप्तान ज्ञानेन्द्र मल्लले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘हामीले अवसर पाएका छौं, त्यो अवसरलाई सदुपयोग गर्न जरुरी छ । भारत, बंगलादेश, पाकिस्तान जस्ता टेष्ट टोलीसँग बारम्बार खेलिराख्न पाइदैन । पूर्णरुपमा अवसरलाई सदुपयोग गर्नुपर्छ’, कप्तान ज्ञानेन्द्रले भने ।

‘टिम पनि युवा छ,अनुभव बटुल्ने र कसरी टप प्रतिस्पर्धा दिन सकिन्छ । हामी सबैको लागि ठूलो अवसर हो । राष्ट्रिय टिमको ढोका ढक्कढकाई रहेका खेलाडीलाई पनि यो राम्रो अवसर हो । हामी ओडीआईमा पनि अघि बढ्ने । फ्रम्यार्ट खेल्न गाह्रो नपर्ला, मलाई लाग्छ ५० ओभरको खेल्न कठिन पर्छ जस्तो लाग्दैन’, ज्ञानेन्द्रले भने ।

एसीसीले मंगलबार इमर्जिङ एसिया कपको ट्रफी पनि सार्वजनिक गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र सहित,बंगलादेश, ओमान, अफगानिस्तान, श्रीलंका, पाकिस्तान र हङकङका कप्तान उपस्थित थिए ।

इमर्जिङ कप कात्तिक २८ देखि मंसिर ७ सम्म बंगलादेशमा चल्ने छ । समुह ‘बी’ मा रहेको नेपालले कात्तिक २८ मा भारत, कात्तिक ३० मा हङकङ र मंसिर २ गते बंगलादेशसँग खेल्ने छ । समुह ‘ए’ मा पाकिस्तान, अफगानिस्तान, ओमान र श्रीलंका छन् । दुवै समुहमा शीर्ष दुई दुई टोली सेमिफाइनलमा पग्ने छ ।

नेपाली टोलीका सबै सदस्य बुधबार सम्ममा बंगलादेश पुग्ने छन् । टिकट नपाउँदा ९ जना सोमबार र ५ जना मंगलबार बंगलादेश गएका छन् । बुधबार ६ जना बंगलादेश जाने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button