मूल खबर

इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ।

सरकारले हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्।

राजदूतावासका अनुसार एकजना भने सम्पर्कविहीन छन्।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button