खेलकुद

माउरिन्हो टोटेनहमको नयाँ प्रशिक्षक

एजेन्सी – प्रिमियर लिग टोली टोटेनहमले जोसे माउरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोर्चुगिज प्रशिक्षकले टोटेनहमसँग साढे तीन वर्षको सम्झौता गरेका छन् । मंगलबार राती टोटेनहमले मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ ।

माउरिन्होले सम्हाल्न लागेको प्रिमियतर गिको यो तेस्रो क्लब हो । दुई पटक सम्म चेल्सीको बागडोर सम्हालेका माउरिन्होले प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर युनाइटेडलाई साढे २ वर्ष सम्हालेको थिए ।

‘फुटबलका एक सफलत प्रशिक्षकलाई हामी सम्झौता गर्न सफल भएका छौं । टोटेनहमका अध्यक्ष डानिल लेभीले भने,‘ उनीसँग भरपुर अनुभव छ । उनले टोलीलाई प्रमावित पार्न सक्नछेन् । उनले जति पनि क्लबमा प्रशिक्षण दिएका छन्, सबैलाई सफलता दिलाएका छन् । उनको आगमनले टोलीको उर्जा आउने र ड्रेसिङ रुमको वातारण राम्रो हुनेछ ।’

अघिल्लो सिजन टोटेनह्यामलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका पोचेटिनोको ५ वर्षे नेतृत्वमा टोलीले २ सय ९३ खेल खेलेको थियो ।

hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button