खबर

मन्त्री हेरफेर : संविधान संशोधनको माग गर्ने नै संशोधनको खाका तयार पार्ने मन्त्रालयमा

संविधान जारी भएलगत्तै असन्तुष्टि व्यक्त गरी संविधान संशोधको माग गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको खाका तयार पार्ने मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

डेढ वर्षअघि स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा गएका उनले बिहीबारदेखि कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षसमेत रहेका यादवको मन्त्रालय छापामार शैलीमा फेरिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारिता र निरंकुश रहेको प्रतिक्रिया दिए । राजधानी दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button