खबर

थुनामा राख्ने आदेशविरुद्ध महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

एक तह मुनीको अदालतले गरेको आदेश विरुद्ध पुनरावअलोकनका लागि एक तह माथिको अदालतमा आवेदन गर्न पाउनु कानुनी व्यबस्था छ। उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button