कृषि र किसान

कब्जियत, जन्डिस र कलेजो सम्बन्धी समस्याहरू निको पार्न सक्ने प्याजको खेती गर्ने समय सुरु

प्याजको खेती विश्वभर गरिन्छ । तरकारीको रुपमा गरिने प्याजको खेती धेरै उपयोगकालागि गरिन्छ । कसैलाई खान, कसैलाई व्यापार गर्न वा अन्य तरिकाले प्याजको खेती गरिन्छ । यो पोषक तत्वहरुको रुपमा कम तथा स्वादको लागि बढि मात्रामा प्रयोग गरिन्छ ।
बहुमूल्य खानाको परिकारको रुपमा यसलाई मिसाएर पकाउने गरिन्छ । प्याजको खेती साधारण तथा तराई क्षेत्र र मध्य पहाडी क्षेत्रहरूमा गरिन्छ । कब्जियत, जन्डिस र कलेजो सम्बन्धी समस्या जस्ता रोगहरू निको पार्न प्याजले महत्त्वपूर्ण भूमिका खेल्छ ।
किसानहरूले प्याज खेतीबाट राम्रो उत्पादन प्राप्त गर्न सक्दछन् । उनीहरूले प्याज खेतिको विकासको लागि केही महत्त्वपूर्ण कृषि गतिविधिहरू याद राख्नुपर्दछ र राम्रो उत्पादनको लागि प्राविधिक र उच्च प्रकारको खेतीको ज्ञान हुनु आवश्यक छ ।

मौसमी आवश्यकताहरू
प्याज घाम र तापक्रमप्रति धेरै संवेदनशील हुन्छ । यो मुख्यतया एक जाडोमा फल्ने बाली हो । प्रायः यस्को बिरुवाको वृद्घिको लागि १० देखि १५ डिग्रि सेल्सियस तापक्रम जरुरत छ भने यस्को ट्युबरको वृद्घिको लागि २० देखि ३० डिग्रि उपयुक्त हुन्छ र ट्युबरलाई निकाल्दा खेर ३० देखि ३५ डिग्रिमा १० देखि १२ घण्टाको सुर्यको प्रकाश जरुरत हुन्छ । यदि मौसममा केहि परिवर्तन आएन भने प्याज खेतिमा ठुलो असर पर्न सक्छ ।

उपयुक्त भुमि
प्याजको खेति जुन खालको माटोमा गर्न पनि सकिन्छ तर धेरै उत्पादनको लागि भने लोएमी माटो उपयुक्त हुन्छ ।

जग्गा तयारी
प्याजको राम्रो उत्पादनको लागि खेत ४÷५ चोटि मज्जाले जोत्नुपर्छ । यस्को लागि रेइज्ड बेड सिस्टम प्रयोग गर्न सकिन्छ ।

बढी उत्पादनको लागि मल
गाईको गोबरलाई ३० दिनसम्म कुहाएर मलको रुपमा प्रयोग गरियो भने प्याज खेतिमा राम्रो उत्पादन हुन सक्छ । जब जग्गाको अन्तिम तयारी भइरहेको हुन्छ तब फोसफोरस र पोटास खेतमा हाल्न पर्दछ र नाईट्रोजनको तेस्रो पार्ट रोपेको २० २५ दिनमा हाल्न पर्दछ ।

मलहरुको मात्रा
कुहिएको गाईको गोबर मल – ३०० देखि ५०० क्वीन्टल प्रति हेक्टर
नाईट्रोजन – १०० देखि १२० के.जी. प्रति हेक्टर
फोज्फोरस – ५० देखि ६० के.जी. प्रति हेक्टर
पोटास – ६० देखि ७० के.जी. प्रति हेक्टर

हलोखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button