मूल खबर

कच्चा पदार्थ आयातमा कटौती

विराटनगर / पूर्वका उद्योगहरूले कच्चा पदार्थको आयात कटौती गर्न थालेका छन् । स्टिल्स उद्योग, स्प्रिट, साबुन उद्योगलगायतका ठूला उद्योगहरूले कच्चा पदार्थ आयात कटौती गर्न थालेका हुन् ।

सरकारले अव्यवहारिक रुपमा कर लगाउ“दा भारततर्फ वस्तु निर्यात गर्ने अवस्था नरहेको र भारतीय उत्पादनस“ग प्रतिष्पर्धा गर्नसमेत नसक्ने अवस्था भएपछि उत्पादन कटौती गर्नुपरेको मोरङका उद्योगीहरूले बताएका छन् ।

विशेष गरी स्ट्रिल्स, साबुन, स्प्रिट, रंगलगायतका उद्योगहरूले उत्पादन कटौती गरेका हुन् । सरकारको अव्यवहारिक नीतिका कारण देश आर्थिक संकटतर्फ जान लागेको मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडाले बताए ।

उनले सरकारले हरेक क्षेत्रमा करको दर बढाउ“दा सबैजसो क्षेत्र नराम्ररी प्रभावित बनेको स्पष्ट पारे । अव्यवहारिक करकै कारण पूर्वका निर्यातजन्य ठूला उद्योगहरूले कच्चा पदार्थको आयात कटौती गरेको पनि सारडाले जानकारी दिए ।

पूर्व क्षेत्रबाट वार्षिक ५ अर्ब बढीको आइरन स्ट्रिल्सका सामान निर्यात गर्ने उद्योगहरू सरकारले लगाएको चर्को करका कारण यो वर्ष निर्यात गर्ने स्थितिमा नरहेको सारडाले बताए । उनले भने–‘आइरन एण्ड स्ट्रिल्सका उद्योगहरूले भारततर्फ गर्ने निर्यात लगभग बन्द भइसकेको छ ।’

यहा“का स्ट्रिल्स उद्योगहरूले वार्षिक करिब ५ अर्बका स्ट्रिल्सका उत्पादनहरू निर्यात गर्दै आएका थिए । प्रिमियर स्ट्रिल्स उद्योगका सञ्चालक समेत रहेका सारडाले पूर्वका स्ट्रिल्स उद्योगहरूले जीआई वायर भारततर्फ निकासी गर्दै आएका थिए । चालु आर्थिक वर्षदेखि सरकारले प्रति टन कच्चा पदार्थ आयातमा १ हजार ६ सय ५० रुपैया“ कर लगाएपछि भारततर्फको निर्यात प्रभावित भएको सारडाले बताए ।

उनले भने–‘जथाभावि कर लगाउ“दा निर्यात प्रभावित भएको मात्रै छैन, उद्योगहरूले कामदारसमेत कटौती गर्ने अवस्था आइसकेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विराटनगर भन्सारबाट आयात हुने औद्योगिक कच्चा पदार्थको आयात घट्दा राजश्व असुलीसमेत प्रभावित भएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मणिराम पौडेलले बताए । उनले भने–‘धेरै राजश्व संकलन हुने वस्तुहरूको आयात घटेका कारण भन्सारको राजश्व संकलन समेत प्रभावित भएको छ ।’ चालु आर्थिक वर्षको पहिलो ३ महिनामा लक्ष्यको तुलनामा ४० प्रतिशत कम राजश्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । पहिलो त्रैमासमा १३ अर्ब ९४ करोड राजश्व संकलनको लक्ष्क्ष्य राखिएकोमा ८ अर्ब ४७ करोड रुपैया“ मात्रै संकलन भएको छ ।

चालु वर्षको तीन महिनामा विराटनगर भन्सार कार्यालयबाट आयात हुने औद्योगिक कच्चा पदार्थसहित ३० प्रकारका वस्तुको आयात गत वर्षको तुलनामा घटेको छ । आयात घटेका वस्तुहरूमा गार्मेन्ट, आइरन स्ट्रिल्स, यातायातका साधनहरू, यातायातका साधनका पार्टपूर्जा, डिजेललगायतका वस्तुको आयात घटेको छ । जसमा सबैभन्दा बढी महिला र केटीहरूले लगाउने कुर्ता सुरुवालको आयात उच्च दरले गिरावट आएको छ । गत वर्ष ६ लाख १३ हजार ९ सय ९५ थान आयात भएकोमा चालु आर्थिक वर्षको तीन महिनामा ८४ हजार ४ सय थान मात्रै आयात भएको छ । यस्तै, गत वर्ष ९ सय २३ वटा अटो रिक्सा आयात भएकोमा चालु वर्ष २ सय ७५ वटा मात्रै आयात भएको छ ।

लुब्रिकेटीङको आयातमा पनि गिरावट आएको छ । गत वर्ष ४ लाख ९ हजार ४ सय ३८ किलो लुब्रिकेट आयल आयात भएकोमा चालु आर्थिक वर्षमा १ लाख १३ हजार १ सय ६७ केजी आयात भएको छ । उद्योगहरूले प्रयोग गर्ने फ्याट्टी एसिडको आयात पनि उच्च दरले गिरावट आएको छ । गत वर्षको त्रैमासमा ६० लाख ८१ हजार किलो आयात भएकोमा यो वर्ष २७ लाख ५४ हजार किलो मात्रै आयात भएको छ । पुरुष तथा बालबालिकाले लगाउने कपडाको आयात पनि उच्च दरले घटेको छ । यस्तै, आइनर एण्ड स्ट्रिल्स उद्योगका कच्चा पदार्थको आयात पनि उच्च दरले गिरावट आएको छ । यस्ता उद्योगहरूले कच्चा पदार्थका रुपमा प्रयोग गर्ने ठूला रोलहरूको आयातमा ६० प्रतिशतले गिरावट आएको छ । गत वर्ष ४ करोड ९९ लाख किलो आयात भएको आइरन एण्ड स्ट्रिल्सका ठूला रोल यो वर्ष २ करोड ७१ लाख किलोग्राममा सीमित भएको छ । यस्तै, रंग उद्योगका कच्चा पदार्थको आयातमा पनि गिरावट आएको छ । रंग उद्योगले प्रयोग गर्ने कच्चा पादार्थको आयात करिब ५० प्रतिशतले गिरावट आएको छ । गत वर्ष ४ लाख ३६ हजार किलोग्राम आयात भएकोमा यो वर्ष २ लाख २४ हजार किलोग्राममा सीमित भएको छ । टिसर्ट, भेष्टलगायतमा कपडाको आयात पनि ५० प्रतिशकै दरले घटेको छ । साबुन उद्योगहरूले कच्चा पदार्थका रुपमा प्रयोग गर्ने जनावरको बोसोको आयात पनि घटेको छ । बोसोको आयातमा पनि करिब ५० प्रतिशतलेनै गिरावट आएको छ । यस्तै, रड बनाउन प्रयोग हुने अर्ध प्रशोधित कच्चा पदार्थको आयात पनि घटेको छ । रड उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको आयात १८ प्रतिशतले घटेको छ । रड तथा रेलिङ उद्योगहरूले प्रयोग गर्ने कच्चा पदार्थ वार एण्ड हट रोलको आयात पनि घटेको छ । रड उद्योगहरूले प्रयोग गर्ने यस्ता कच्चा पादर्थको आयात पनि करिब २० प्रतिशतले गिरावट आएको छ । यस्तै, चामलको आयात पनि घटेको छ । चामलको आयातमा २९ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै, विभिन्न १४ प्रकारका वस्तुको आयात बढेको छ । जसमा एयर कन्डिशन, तामाका तार, मोटरसाईकल, पेट्रोल, आलमुनियम, डाइफर, खाने तेलहरूको आयात बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खानेतेलको आयात उच्च दरले बढेको छ । रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थको आयात उच्च दरले बढेको छ । गत वर्ष रक्सी उद्योगले कच्चा पादर्थको आयात ४८ हजार लिटर भएकोमा यो वर्ष १ लाख ५० हजार लिटर आयात भएको छ । यस्तै, पाम तेलको कच्चा पदार्थको आयात गत वर्ष १ करोड ३५ लाख किलो भएकोमा यो वर्ष ५ करोड ६६ लाख किलो पुगेको छ ।

स्वायविन आयलको आयात पनि उच्च दरले बढेको छ । गत वर्षको त्रैमासमा ९३ लाख किलो आयात भएकोमा यो वर्ष २ करोड ५८ लाख किलो आयात भएको छ । सनफ्लावर तेलको आयात पनि बढेको छ । गत वर्ष ९५ लाख किलो सनफ्लावर तेलको आयात भएकोमा यो वर्ष १ करोड २९ लाख किलो आयात भएको भन्सार कार्यालय विराटनगरले जनाएको छ । विराटनगर नाकाबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फलामजन्य उद्योग, रंग उद्योग, साबुन उद्योगले प्रयोग गर्ने कच्चा पादर्थ र कपडाको आयात घटेको छ भने पामतेल, स्वाइविन तेल, सनफ्लावर तेल उद्योगले कच्चा पदार्थका रुपमा प्रयोग गर्ने क्रुड तेलको अयात बढेको छ । यस्तै, एसी, तयारी सेरामिक्सका सामान, व्याट्रीलगायतका वस्तुहरूको आयात पनि बढेको भन्सार कार्यालयको तथ्यांकले देखाउ“छ ।janasamsadonline/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button