मूल खबर

ब्रेकिङः बलात्कारको आरोपमा सिद्धबाबा कृष्णदास पक्राउ

इटहरी । बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोत्रले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले बिहीबारनै कृष्णदास विरुद्ध मुद्धा दायर भएको प्रदेश प्रहरी कार्यलय स्रोत्रले जनाएको छ । सिद्धबाबालाई अहिले सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्धा दायर गरिसकेको प्रहरीले जनाएको छ । कृष्णदास पक्राउको विषय प्रहरीले सार्वजनिक गरेको छैन । तर प्रदेश प्रहरी कार्यलयका एक प्रहरी अधिकारीले भने कृष्णदास गिरी विहानै देखि प्रहरी नियन्त्रणमा छन ।

जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर मात्र पक्राउ परेको सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरे लगायतै प्रहरीले कृष्णदास पक्राउको विषय सार्वजनिक गर्ने तयारी गरेको प्रदेश प्रदेश प्रहरी कार्यलय विराटनगरका एक प्रहरी स्रोत्रले भन्यो ।

आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो । बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन ।सञ्चारपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button