स्वास्थ्य

जानाजान ३० महिलालाई एचआइभी सारिदिने यी युवा, २४ वर्ष जेल सजाय

बिबिसी- इटलीको रोमस्थित एउटा अदालतले ३० जना महिलामा जानाजान एचआइभी सारेको अभियोगमा एक पुरुषलाई २४ वर्ष जेल सजाय सुनाएको छ।

सन् २००६ मा एचआइभी भएको पत्ता लागेपश्चात पेशाले लेखापाल रहेका भ्यालेन्टिनो टालुटोले कम्तीमा ५३ जना महिलासँग असुरक्षित ढंगले शारीरिक सम्बन्ध राखेको बताइएको छ।
तीमध्ये एकजना १४ वर्षकी मात्र थिइन् जतिबेला टालुटोसँग उनको शारीरिक सम्बन्ध भएको थियो।

सामाजिक सञ्जाल र ‘डेडिङ’ वेबसाइटमा ‘हार्टली स्टाइल’ भन्ने नाम राखेर उनले मानिसहरुसँग सम्पर्क बनाउने गरेको बताइएको छ।

टालुटोका वकिलले उनको क्रियाकलाप ‘मूर्खतापूर्ण भएपनि जानाजान नभएको’ दाबी गरेका छन्।

समाचार संस्था एएफपीका अनुसार कण्डम लगाएर शारीरिक सम्बन्ध राख्न आग्रह गरेका महिलाहरुलाई टालुटोले त्यसबाट आफूलाई एलर्जी हुने र हालसालै एचआइभीको परीक्षण गराएको बताउने गरेका थिए।

केही महिलाहरु एचआइभीबाट संक्रमित भएपछि उनको विरोध गर्न पुग्दा टालुटोले आफूमा एड्स निम्त्याउने प्राणघातक एचआइभीको जीवाणु नभएको बताएका थिए।

टालुटोको क्रियाकलापले गर्दा उनले प्रत्यक्ष रुपमा एचआइभी सारेका एक महिलाबाट अर्का चारजना (तीनजना पुरुष र एक बच्चा) संक्रमित हुन पुगे।

गत महिना अभियोजनाकर्ता एलिना नेरीले भनेकी थिइन्, उनका क्रियाकलापको उद्देश्य मृत्यु फैलाउनु रहेको थियो।

तर टालुटोले उक्त आरोप अस्वीकार गर्दै भनेका छन्, एचआइभीबाट संक्रमित भएको थाहा भएको भए वास्‍तविक सम्बन्धहरु बनाउनका निम्ति मैले प्रयास गर्ने थिइनँ।
टालुटोकी आमा एचआइभी संक्रमित लागुऔषध दुर्व्यसनी थिइन् र टालुटो चार वर्षको हुँदा उनकी आमाको मृत्यु भएको थियो।

निर्णय सुनाउनुअघि न्यायाधीशहरुले फैसलाबारे १० घण्टाभन्दा बढी समय छलफल गरेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार अदालतको फैसला सुनाइंदा पीडितहरु रोएका थिए।स्वास्थ्य खबरपत्रिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button