
बिर्तामोड ।नेकपा(संयुक्त)का अगुवाहरुको झापा जिल्ला स्तरीय भेला आज सम्पन्न भएको छ ।नेकपा(माओवादी केन्द्र)सँग नेकपा(एकीकृत समाजवादी)को एकतामा असन्तुष्ट रहेका झापाका सो पार्टीका अगुवाहरुनै अहिले नेकपा(संयुक्त)मा रहेकाछन् । आज (शनिबार)सो पार्टीका अगुवाहरुको भेलाले नेकपा(संयुक्त)को झापा जिल्ला अधिवेशन र प्रदेश अधिवेशनका बारेमा छलफल गरेको नेकपा(संयुक्त)झापाका अगुवा कार्यकर्ता श्रीप्रसाद सिटौलाले बताए ।सिटौलाका अनुसार आजको अगुवा भेलाले पौषको १२ गते हुने कोशी प्रदेश भेलाका लागि छलफल गरेको र आगामी झापा जिल्ला अधिवेशनका बारेमा समेत छलफल गरेको बताए ।
नेकपा(माओवादी केन्द्र)सँग नेकपा(एस)ले पार्टी एकता गर्दा झापामा भने जिल्लाका बहुमत नेता र कार्यकर्ता एकताको पक्षमा नगएको सिटौलाले बताए ।
उनका अनुसार अहिले आन्तरिक रुपमा नेकपा(संयुक्त)का बारेमा जिल्लाका सबै पालिकामा कमिटी गठनका लागि छलफल समेत भईरहेको उनले बताए ।आज बिर्तामोडमा भएको नेकपा(संयुक्त)को सो भेलामा सो पार्टीका केन्द्रीय सदस्य निलमणी बराल,भीम बस्नेत झापाको कम्युनिष्ट आन्दोलनका अगुवाहरु दुर्गा भट्टराई,सिएन सापकोटा,हरि नेपाल,मदन खतिवडा ,श्रीप्रसाद मिश्रलगायतको उपस्थिति रहेको सिटौलाले बताए । उनका अनुसार प्रदेश अधिवेशनपछि नेकपा(संयुक्त)को झापा जिल्ला अधिवेशन गरिने बताए ।



