खबर

काठमाडौंको तापक्रम ०.९ डिग्रीमा झर्‍याे

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान पौने ९ बजे गरिएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ०.९ मा झरेको हो।

यसअघि आजै बिहान पौने ६ बजेको मापनमा यहाँको न्यूनतम तापक्रम १ डिग्री थियो।

देशभरमै सबैभन्दा कम तापक्रम जुम्लाको छ। महाशाखाको मापन विवरणअनुसार आज त्यहाँको न्यूनतम तापक्रम माइनस ७.० छ।

त्यसपछि सबभन्दा कम तापक्रम काठमाडौंकै देखिएको छ। यसपछि डडेल्धुराको १.७, वीरेन्द्रनगरको २.०, ओखलढुंगा र दिपायलको समान ३.५ डिग्री सेल्सियस छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button