खबर

भाजपा कार्यकर्ताहरूको दोकान तोडफोड गरेको तृणमूलविरुद्ध आरोप

कुचबिहार : भाजपा कार्यकर्ताहरूको दोकान तोडफोड गरेको तृणमूल कांग्रेसविरुद्ध अभियोग उठेको छ। उक्त घटना दिनहाटा महकुमाको मतालहाट अञ्चलको लक्ष्मी बजार इलाकामा बुधबार राति घटेको हो। भाजपाको स्थानीय मण्डल अध्यक्ष मलय राय मण्डलले गत राति तृणमूल कांग्रेसका केही मानिसहरूले लक्ष्मी बजार इलाकास्थित भाजपा कार्यकर्ताहरूको 10 वटा दोकानहरूमा तोडफोड गरेको आरोप लगाएका छन्। यस घटनाबारे पुलिसलाई जानकारी गराउनको साथै घटनाबारे यदि प्रशासनले कुनै व्यवस्था नगरे तिनीहरूले आन्दोलन गर्ने चेताउनी दिएका छन्। अर्कोतिर, भाजपाद्वारा लगाइएको सबै आरोपहरू झुटो रहेको मतालहाट अञ्चल तृणमूल कांग्रेसका पर्यवेक्षक मनोरञ्जन बर्मनले दावी गरे। यो भाजपाको आपसी संघर्ष रहेको साथै यसमा तृणमूल कांग्रेसको कुनै सम्बन्ध नरहेको बताउँदै तिनले भाजपाका मानिसहरूले गत राति तृणमूल कांग्रेसको एउटा कार्यालयमा तोडफोड गरेको उल्टै आरोप लगाएका छन्। SILIGURI TIMES/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button