खबर

युवा मोर्चाद्वारा 29 दिसम्बरको बन्द फिर्ता

दार्जिलिङ : गोजमुमो युवा मोर्चाले आगामी 29 दिसम्बरको दिन बोलाएको 24 घण्टा पहाड बन्दको घोषणालाई आज फिर्ता लिएको छ। आज दार्जिलिङमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोजमुमो युवा मोर्चाका अध्यक्ष अमृत योञ्जनले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार हाल बड़ादिन तथा क्रिसमस साथै लोसर अनि नयाँ वर्ष २०२०-को आगमनको समय विशेष गरेर पर्यटकहरू यहाँ घुम्न आउने गर्दछन्। यसैले उत्सवको समयमा दार्जिलिङ घुम्न आउने पर्यटकहरूलगायत स्थानीय मानिसहरूलाई बन्दको कारण कुनै असुविधा नहोस् भन्ने उद्देश्यले बन्द फिर्ता लिएको तिनले बताए। यसको साथै गोजमुमो अध्यक्ष तथा महासचिवको बन्द फिर्ता लिइदिने अनुरोधलाई पनि ध्यानमा राखेर उक्त निर्णय लिएको तिनले बताए।siliguritimes/india

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button