मूल खबर

नेकपाका १५ कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १५ जना कार्यकर्तालाई राजधानीबाट पक्राउ गरेको छ । उनीहरू आइतबार सरकारविरोधी कार्यक्रम गरिरहेको अवस्थामा भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गबाट पक्राउ परेका हुन् ।

आइतबार विप्लव समूहनिकट अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न उनीहरू त्यहाँ भेला भएका थिए ।

हालै भारतले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरागायतका भूभागलाई आफ्नो नक्साभित्र पारेपछि त्यसको विरोधमा प्रदर्शन गर्ने तयारीमा रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई अहिले प्रदर्शनीमार्गमै रहेको पुलिस क्लबमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button