मूल खबर

सिद्धबाबा तीन लाख धरौटीमा छुटे

इटहरी । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा उर्फ कृष्णदास गिरी तीन लाख धरौटीमा रिहा भएका छन । जिल्ला अदालतका न्यायधिस राधाकृष्ण उप्रेतीको एकल इजालासले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएका हुन ।

हिजोबाट सुरू थुनछेक बहसमा प्रतिवादी गिरी तर्फका वकिलहरुको बहस नसकिएपछि हेर्दैहेर्दैको मुद्दामा राखेर आजलाई पेशी सारिएको थियो । गिरीलाई प्रहरीले बिराट नरसिङ होमबाट एम्बुलेन्समा राखेर सुनसरी जिल्ला अदालत ल्याएको थियो । इजलाशमा बहस चलिरहदा अदालत परिसर बाहिर गिरीका अनुयायीहरूले रामनाम भजन गरिरहेका थिए ।

एक २९ वर्षीया महिलाले आफूलाई ‘करणी’ गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका ‘सिद्धबाबा’ भनिने ‘कृष्णदासजी महाराज’लाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

उनलाई अक्सिजन लगाएकै अवस्थामा प्रहरीले एम्बुलेन्समा राखेर सुनसरी जिल्ला अदालत इनरुवा पुर्‍याएको थियो, मङ्सिर ८ गते आफूविरुद्ध उजुरी परेर पछि पक्राउ पुर्जी जारी भएलगत्तै स्वामी ‘कृष्णदासजी’ भनिने ४६ वर्षीय कृष्णबहादुर गिरी अस्पताल भर्ना भएका थिए।

केही दिनपछि उनी फेरि आफू मुटुको समस्याले ग्रस्त आएको भन्दै विराटनगरको एक निजी अस्पतालको आईसीयूमा भर्ना भएका थिए। “स्वामी ‘कृष्णदासजी’ले गत कार्तिक ४ गते चतरास्थित आश्रममैँ आफूलाई करणी गरेको” भन्दै पीडित महिलाले “एक महिना चार दिनपछि” उजुरी दिएपछि” प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको थियो।

त्यसअघि कार्तिक १९ गते ‘कृष्णदासजी महाराज’ले पनि सामाजिक सञ्जाल “फेसबुकमार्फत्‌ आफ्नो चरित्र हत्या गरेको” भन्दै ती महिलाविरुद्ध नेपाल प्रहरीको अपराध सनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए। पक्राउ पर्नुअघि विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा ‘कृष्णदासजी महाराज’ले उनले आफूविरुद्धको आरोप निराधार भएको बताएका विवरण सार्वजनिक भएका थिए।सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button