खबर

बैंकका सीईओ, नेता, व्यापारी र प्रशासक नै उच्च निगरानीमा

सम्पत्ति शुद्धिकरण गरी वित्तीय अपराध गर्नेहरुमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरुको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउने क्रम बढेको छ ।

विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रुपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने कार्यमा केही बैंकका सीईओ, सञ्चाल, उच्च कर्मचारी अग्रपंक्तिमा रहेको पाइएपछि उनीहरु उच्च निगरानीमा परेका छन् ।

विभाग स्रोतका अनुसार उच्च घरानियाँ समूहका व्यापारी, विगतमा पटकपटक मन्त्री भइसकेका नेता तथा उच्च तहका प्रशासकसमेत सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराधको पारो बढाउने खेलमा संलग्न रहेको आशंकामा उनीहरुलाई पनि निगरानीमा राखिएको छ । राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button