खबरमूल खबर

एन.सी.एफ.नेपालको ६० औँ वार्षिक उत्सव तथा साधारण सभा आज देखि शुरु हुदै

२८ असोज २०७६, ललितपुर ।  नेपाली मण्डलीमा एक गौरवमय इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र नेपाली मण्डलीहरुको ठुलो छाता संगठनको रुपमा परिचित नेपाल राष्ट्रिय मण्डली संगति (एन.सी.एफ.नेपाल) ले आफनो ६० वर्ष पुरा गरी ६१ वर्षमा प्रवेश गरेको अवसरमा आज एक भब्य समारोहका बीच बार्षिक उत्सब तथा साधारण सभा गर्ने भएको छ ।

ललितपुर सानेपास्थित आराधना मण्डलीमा आज २८ गते मंगलबार दिउँसो १२ बजेदेखि शुरु हुने कार्यक्रममा ७ वटै प्रदेशका अध्यक्षहरु, ८ जना पूर्वअध्यक्षहरु तथा अन्य पदाधिकारी र एन.सी.एफ.नेपालमा देशभरबाट आवद्ध मण्डली सदस्य, प्रतिनिधि, पर्यवेक्षक र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय प्रतिनिधिमुलक सहभागिता हुने एन.सी.एफ.नेपालका महासचिव पा. शेर बहादुर ए.सी.ले बताउनु भएको छ ।

एन.सी.एफ. नेपालका अध्यक्ष रेभ. सुर्य बहादुर बल तामाङका अनुसार यस वार्षिक उत्सव तथा साधारण सभाले नेपाली मण्डलीमा एक उत्साह र भविष्यको मार्गदशक बन्नेमा आफु विश्वस्त रहेको हामीलाई बताउनुभयो । ३ दिन सम्म चल्ने सो कार्यक्रम तथा साधारण सभाले नेपाली मण्डलीको हितलाई ध्यानमा राखी विभिन्न विषयहरूमा छलफल गरी भावी कार्ययोजना निर्माण गर्ने तयारी गरेको छ ।

बार्षिक उत्सव तथा साधारण सभा आजबाट शुरु भई ३० गते विहिवार समापन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button