सृजनाको चौतारी

ब्रेकिङ्र्र न्यूज

कविता

जी एन शर्मा

बे्रकिङ्र न्यूज अर्थात् हट् रिसेन्ट न्यूज
पाताल भित्रको ज्वालामूखि बिस्फोटको खबर
पृथ्वीलाई थोर बहुत भाइब्रेट गर्छ
एक, सनसनी समाचार
आफ्नै भाकाको रिङटोन बज्छ
धुन जस्तो होस् या जसले बनाएको
टोन फोनको सेटिङमा मिलाएपछि बज्नै पर्छ

मोबाइलको आगमन अघि देखिनै यहाँ टोन बजथ्यो
रिसिभर होस् या चिठ्ठि पत्रमा
बेला बेला यहाँ बे्रकिङ न्यूज आउने गर्छ
बिभिन्न रुप र रङ्गमा
स्थलगत अमिन नभए पनि
यहाँ भईरहन्छ कित्ताकाट
अनि एउटा गुलियो नाराको रिङटोन बज्छ
हामी संगीत बिनाको शब्दमा नाच्छौँ
ताल र मोहडाको पत्तै नपाई
मच्चिमच्चि कम्मर भाच्छौं
न्युूज अर्थात समाचारमै छम्छमी नाच्छौं
न्यूज भित्रको भ्यूज थाहै नपाई
एउटा नाटकका दर्शक बन्छौं
कृतिम कलाकारको किर्ते र काइते नाटक हेर्छौं
कहिले देश भक्तिका नाममा, कहिले लोकतन्त्रका नाममा
कहिले शान्तिमा , कहिले युद्मा
फरक फरक कित्ताकाटका नाममा
बे्रकिङ न्यूज हेर्न र सुन्नका लागि
जब खबर भित्रको खबर थाहा हुन्छ
सिल्भर, फलाम, किँट, सुन र चाँदी
तामा, पित्तल, स्टिल र सुलिस
लपक्कै मिलेका हुन्छन्
छुट्याउन सकिदेैन, तर ती पनि नक्कलीनै नै हुन्
न्यूज र रिङटोन सकिन्छ
नाटकको मञ्चमा एक्कासी पात्रहरु देखा पर्छन्
सबै सँग फूर्ती र ताजगी हून्छ र बबुरो एउटा कुर्सी पनि
नियमानुसार लोडसेडिङ हुन्छ
अन्धकार हुन्छ
हामी फेरि कानून बमोजिम जस्ताको तस्तै हुन्छौं
र, अर्को बे्रकिङ न्यूजको प्रतिक्षामा हुन्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button