कृषि र किसान

के हो ? ‘ब्ल्याक कर्न’ अर्थात कालो मकै

‘ब्ल्याक कर्न’ एक विशेष प्रजातिको मकै हो । यी मकैमा कालो रंगद्रव्य भएकाले, यसका गेडा कालो रङ्गको हुन्छ । ‘ब्ल्याक कर्न’ को पौष्टिक मूल्य साधारण मकैभन्दा उच्च भएकाले यसको उपयोगिता धेरै छ । स्वादको हिसाबले कालो मकैमा हुने चिनीको मात्रा ११.९५ प्रतिशत हुन्छ, जुन साधारण मकैभन्दा ३ गुणा धेरै हुन्छ ।

परम्पारिक रूपमा कालो मकैको प्रयोग मेक्सिकोको मौलिक खाजाहरूमा सताब्दीऔं देखि प्रयोग हुँदै आएको रहेछ ।

‘ब्ल्याक कर्न ’कसरी खाने गरिन्छ ?

अन्य मकै जस्तै उसिनेर, भुटेर, रोस्ट गरेर, ग्रिल गरेर खान सकिन्छ । कालो मकै संग बटर, नुन र मरीच जस्ता मसलाको प्रयोग निकै सुहाउँछ ।

— यसलाई तरकारी झैँ तरेर रोटी वा ब्रेडसंग खान सकिन्छ ।

— ब्ल्याक कर्न उसिनेर स्यालेड बनाई पनि खान सकिन्छ ।

— ब्ल्याक कर्नलाई शीतल ड्रिंक (पिए पदार्थ) बनाएर पनि पिउन सकिन्छ । ब्ल्याक कोर्नको पल्प कुनै पनि जुस, साधारण पानी सँग पिउन सकिन्छ । कुनै पनि ककटेल वा मोक्टेलसँग ब्ल्याक कर्न सुहाउँदो मिश्रण हुन सक्छ ।

फ्रिजरमा भण्डारण गर्दा खोया सहित स्टोर गर्दा राम्रो हुन्छ । खोयाबाट छोडाएर भण्डारण गर्नु उपयुक्त हुँदैन ।

स्वास्थ्य र पोषणसँग सम्बन्ध :

— एन्टीऑक्सीडेंटको पावर हाउस मानिन्छ (विकृत कोणहरू नष्ट गर्न मद्दत गर्दछ)

— एन्टीइफ्लाफेसन (शरीरको कुनै पनि दुखाई कम गर्न मद्दत गर्दछ)

— प्रोटिन (१०० ग्राम कालो मकैमा करिब ८ प्रतिशत प्रोटिनको मात्रा हुन्छ भने साधारण पहेँलोमा ५ प्रतिशत प्रोटिन हुन्छ ।)

अन्य तत्त्वहरू :

आइरन, म्यास्नेसियम, फोस्फोरस र भिटामिन ‘ए’

‘ब्ल्याक कर्न’को उब्जनी कहाँ हुन्छ ?

दक्षिण अमेरिकी राष्ट्रहरूमा ‘ब्ल्याक कर्न’को उब्जनी हुन्छ । ‘ब्ल्याक कर्न’को बोट धेरै ठुलो हुँदैन । सामान्यतया ४ देखि ५ फिट लामो हुने गर्दछ । उच्च तापक्रममा गहिरो बलौटे माटोमा ‘ब्ल्याक कर्न’ राम्रोसँग फल्छ । खडेरीको समयमा पनि ‘ब्ल्याक कर्न’को बिरुवा हुर्कने बढ्ने क्षमता राख्दछ । ‘ब्ल्याक कर्न’ गर्मी र जाडो दुवै मौसममा उत्पादन गर्न सकिन्छ ।

नेपालमा ‘ब्ल्याक कोर्न’ को सम्भावना :

नेपालमा पनि व्यावसायिक रूपमा ‘ब्ल्याक कर्न’ को खेती गर्ने अध्यन तथा तयारी भई रहेको छ ।

नास्टको राईस रिसर्च युनिट लगायत केही कृषिका निजी अनुसन्धान केन्द्रहरूले पनि ‘ब्ल्याक कर्न’ मा काम गर्न सुरु गरेका छन् । नेपालका संस्थाहरूले चीनबाट बिउ मगाएर काम गर्ने तयारीमा अघि बढिरहेका छन् ।

तत्काल समस्या के देखिन्छ भने अन्य मकै भन्दा अलि छुट्टै राखेर ‘ब्ल्याक कोर्न’ को खेती गर्ने कि अरू मकै सँगै हुर्काउदै लैजाँदा पनि उत्पादकतामा फरक पर्दैन भन्ने विषयमा अनुसन्धान पुरा भएपछि सम्भवतः ‘ब्ल्याक कर्न’ मा नेपाली बजारमा छिटै फस्टाउनेछ ।krishipatrika

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button