खबर

अखिल केन्द्रीय सदस्य राई बलात्कारको आरोपमा पक्राउ

काठमाडौं– किशोरी बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्।

एकजना १८ बर्षिया युवतीले राईमाथि बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई आज बिहान नियन्त्रणमा लिएको हो। ‘उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’, प्रहरीले भनेको छ, ‘उनलाई काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राऊ गरिएको हो।’

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ।

पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा राईले आफूलाई उनकै साथीको घरमा काम छ भन्दै बोलाएर जबरजस्ती गरेको बताएकी छिन्। उनले प्रहरीसँग भनेकी छिन्, ‘गोकर्णेश्वरमा रहेको माकलबारीको एउटा घरमा राईले मलाई जबरस्ती करणी गरे।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले उजुरीलाई पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए। भने, ‘आरोपीलाई पक्राऊ गरिएको छ। र, थप अनुसन्धान भइरहेको छ।’
नेपाल लाइभ

तस्बिरः राईकै फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button