
काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगै घरेलु मैदानमा हुने सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपालले टि ट्वान्टी, एकदिवसिय र प्रथम श्रेणीको क्रिकेटको लागि ३ टोली घोषणा गरेको छ । यस पटक टोलीमा पुवा खेलाडीले मौका पाएका छन् । विहीबार नेपाल क्रिकेट संघ (क्यान) ले तिन फम्र्याटको लागि फरक टोली घोषणा गरेको छ ।
टि२० मा नन्दन यादव, अमित श्रेष्ठ, कुशल भुर्तेलले मौका पाएका छन् । पूर्व कप्तान पारस खड्काले एक दिवसिय खेल मात्र खेल्ने छन् । प्रथम श्रेणीमा राजु रिजाल र जितेन्द्र मुखियाले मौका पाएका छन् ।
टि२० टोली:
आरिफ शेख,अमित श्रेष्ठ,अभिनाश बोहोरा,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,कुशल भुर्तेल,ललित नरायण राजवंशी,नन्दन यादव,पवन सरार्फ,सन्दीप जोरा,सन्दीप लामिछाने,सोमपाल कामी,ससन भारी
एकदिवसिय टोली :
आरिफ शेख बसन्त रेग्मी,बिक्रम शोब,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, इशान पाण्डे,करण केसी,ललित नारायण राजवंशी,पारस खड्का,रोहित कुमार पौडेल,सन्दीप लामिछाने,शरद भेषवाकर र सोमपाल कामी
प्रथम श्रेणी :
आरिफ शेख,बसन्त रेग्मी,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल,जितेन्द्र मुखिया,करण केसी,ललित नारायण राजवंशी,पवन सरार्फ,राजु रिजाल,रोहित कुमार पौडेल,सन्दीप,लामिछाने,शरद भेषवाकर र सोमापाल कामी(हाम्रो खेलकुद)



