खेलकुद

एमसीसीसँग खेल्दै नेपाली युवा टोली

काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा आज नेपाली यू१९ टोलीसँग खेल्दै छ । टियु क्रिकेट मैदानमा बिहान ९:१५ देखि सुरु हुने खेल ५० अोभरको हुनेछ । भारत भ्रमणको लागि बुधबार रित गौतमको कप्तानीमा घोषणा टोलीनै एमसीसीविरुद्ध मैदान उत्रर्ने छ ।

टेष्ट र प्रथम श्रेणीको अनुभव रहेका एमसीसी खेलाडीविरुद्ध नेपाली यू१९ टोलीको सोच नतिजा भन्दा अनुभव र क्षमता बृद्धीमा केन्द्रित रहने छ । एमसीसीमा इंग्ल्यान्डबाट टेष्ट खेलि सकेका टम वेस्टली,पाकिस्तानका तीनै वान डे,टि ट्वान्टी र टेष्ट खेलेका यासिर अराफात,कप्तान जिमी एडम्स र बिली गोडलेमान जस्ता खेलाडी छन् । एमसीसीका यी चार बाहेक अन्यले इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणी खेलेका छन् । एमसीसी नेपाली यूवा टोलीमाथि सहज र फराकिलो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ ।

सिनियर टोलीबाट खेलि सकेका कुशल मल्ल नेपालको प्रमुख हतियार हुन् । कुशललाई आजको खेल महत्वपूर्ण पनि हुने छ । एक महिना अघि जिम्बावेसँग टि ट्वान्टीमा डेब्यू गरेका कुशलले सिनियर टोलीमा खासै राम्रो प्रभाव छाड्न सकेनन्,जति उनिबाट आशा गरिएको थियो । त्यसैले कुशल पुन आफुलाई प्रमाणित गर्न चाहान्छन् । कप्तान रित गौतम, खड्क बहादुर बोहरा, विकेटकीपर हरि बहादुर चौहान, लोकेश बम शीर्षक्रमका ब्याट्सम्यान हुन् ।

विवेक कुमार यादव, प्रतिश जि.सी र तिलक भण्डारी बलिङ हतियार हुन् । फ्रेन्चाइज लिगको अनुभवी अफ स्पिनर सुर्य तामाङले औलामा चोटका कारण यो खेल गुमाउने निश्चित जस्तै छ । अलराउन्डरको रुपमा कुशलसँगै, शेर मल्ल, विशाल बिक्रम केसी रहेका छन् ।

एमसीसीको पूर्ण टोली :

जिमी एडम्स(कप्तान), यासिर अराफात, बिली गोडलेमान, मिल्स हामान्ड, ओलभर डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमस, विल वान्डर्सपार, इड योंग, टम वेस्टली र क्रिस राइट ।

नेपाली यू१९ टोली :

रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृर्थराज दास, विशाल बिक्रम केसी, खड्क बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान (विकेटकीपर), अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सूर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकश चन्द, प्रतिस जि.सी. र गौतम केसी ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button