
एजेन्सी – म्याथ्थिज डि लेग्टको युभेन्टसका लागि पहिलो र निर्णायक गोल गरेपछि इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ ।
टोरिनो डर्वीमा बल पोजेसनमा पकड जमाएपनि युभेन्टसलाई गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । ७०औं मिनेटमा गोन्जालो हिगुआइनको पासमा डि लेग्टले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यही गोल नै युभेन्टसलाई महत्वपुर्ण ३ अंक जोड्न पर्याप्त बन्यो ।
अपराजित रहेको युभेन्टसको सिरी ‘ए’ मा यो लगातार नवौं जित हो । युभेन्टसले दुई बराबरी खेलेको छ । जितसँगै युभेन्टस ११ खेलबाट २९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित टोरिनो ११ अंकसहित १३औं स्थानमा छ ।hamrokhelkud/from



