खेलकुद

चेल्सी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली वाट्फोर्डलाई २–१ ले पराजित लिगको तेस्रो स्थानमा उक्लिएको हो ।

चेल्सीको ११ खेलबाट २३ अंक पुगेको छ । ३१ अंकसहित लिभपुल शीर्ष तथा २५ अंकसहित दोस्रो स्थानमा छ ।

भिकारेज रोड स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा टम्मी अब्राहम र क्रिस्टियन पुलिसिसले गोल गरे । घरेलु टोलीका जेरार्ड डिउलोफिउले सान्त्वना गोल गरे । खेलको पाँचौ मिनेटमा जर्गिन्होको पासमा टम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

५५औं मिनेटमा टम्मी अब्राहमको पासमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनायो । ८०औं मिनेटमा जेरार्डले पेनाल्टीमार्फत गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो । वाट्फोर्ड ५ अंकसहित पुछारमा छ ।

hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button