कला

किन सर्‍यो सौगातको ‘माछा माछा’ ?

अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘माछा माछा’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यही कात्तिक २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मले घोषित मितिबाट हात झिक्नुको कारण हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ लाई मानिएको छ ।

कात्तिक २२ मा रिलिज हुने यो फिल्मले दोस्रो हप्ता पनि हल कब्जा गर्ने देखेपछि निर्माण टिमले ‘माछा माछा’ को प्रदर्शन मिति तीन हप्ता पछाडि सारेको हो । यो फिल्मको रिलिज डेट पोन्डपोन्ड भएपछि कात्तिक २९ मा रिलिज हुन लागेको भूवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’ लाई राहत मिलेको छ । त्यस्तै, फिल्मले सोलो रिलिजको अवसर पाएको छ ।

सौगातसँगै ‘माछा माछा’ मा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । ‘माछा माछा’ मा अभिनेत्री सृष्टि श्रेष्ठको विशेष भूमिका छिन्। यो फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ ।फिल्मीखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button