खबर

उपभोक्ता समितिको अध्यक्षमा तिवारी

काँकरभिट्टा / सिद्धीखोला सिंचाई जल उपभोक्ता संस्थाको चौथो वार्षिक साधारणसभाबाट जनप्रिय व्यक्तित्व नीलकण्ठ तिवारी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न साधारणसभामा समाजवादी पार्टीको प्रस्ताव र नेपाली काँग्रेसको समर्थनमा तिवारी समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सभाले उपाध्यक्षमा लीलाप्रसाद न्यौपाने, सचिवमा इन्द्रप्रसाद ढकाल, सहसचिवमा जीतबहादुर राई र कोषाध्यक्षमा पार्वता घिमिरे न्यौपाने चयन भएका निर्वाचन समिति संयोजक शान्तादेवी निरौलाले बताइन् ।

त्यस्तै, सदस्यहरुमा रत्नबहादुर कार्की, शान्ताराम गुरागाईं, सूर्य राई, लालबहादुर सुब्बा, प्रेमप्रसाद शिवाकोटी, राम गौतम, प्रणा कार्की, लीलादेवी काफ्ले, यामप्रसाद ढुंगेल, निखिल पोखरेल र शान्तादेवी अर्याल चयन भएका छन् ।

सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेश सांसद् श्रीप्रसाद मैनाली, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नवनिर्वाचित अध्यक्ष तिवारी, संस्थापक अध्यक्ष प्रेमराज घिमिरेलगायतले बोलेका थिए ।

२०६२÷०६३ मा नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेर करिब ५२ करोड रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको सिद्धिनहरले करिब १७ सय हेक्टर क्षेत्रफलमा सिंचाई गर्दै आएको छ ।

विगत तीन वर्षअघिबाट सञ्चालनमा आएको नहरको मूल समितिसँगै १३ वटा शाखा समिति निर्माण गरी सञ्चालन गर्दै आएको र शाखा समितिका अध्यक्ष मूल समितिको पदेन सदस्य रहने प्रावधान रहेको अध्यक्ष तिवारीले जानकारी दिए ।

सिद्धिनहरको व्यवस्थापनसँगै सुरक्षा र प्राविधिक रेखदेखका लागि ८ जना कर्मचारी नेपाल सरकारले नै सेवा सुविधासहित खटाएको छ भने पानी प्रयोग गरेबापत किसानहरुले समेत पानी महसुल तिर्ने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button