
इटहरी । जोगवनी–किमाथाङ्का जोड्ने ६ लेन असुरक्षित हुदै गएको छ । पछिल्लो समयमा ६ लेन सडक दुर्घट्नाको कारक बन्न थालेको छ । पछिल्लो ६ महिनामा सडकै ढुबेर २ जनाको मृत्यु भईसकेको छ । ६ लेन सडक स्थित खनारमा नालामा ढुबेर पूर्व राष्ट्रिय खेलाडी सम्भु बास्तोला र तरहराका झपडबहादुर बस्नेतको मृत्यु भइसकेको छ भने दर्जन भन्दा बढि घाईते भएका छन ।
निर्माण कम्पनीले सडकछेउको नालामाथि स्ल्याव नराखेका कारण आम सर्वसाधारण जोखिम मोल्न बाध्य छन् । बीचमै अपूरो निर्माण गरी छाडिएका नालाहरू पैदलयात्रुका लागि अहिले धराप बनिरहेका छन् । सडकछेउको नालामा स्ल्याव नराखिँदा नाला अहिले ज्यानमारा बन्दै गएको छ । आयोजना कार्यालयको लापरबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको आरोप स्थानीयको छ ।
खनार क्षेत्रको नालीमा आवत–जावत गर्ने ८ जना खसेका छन् । जस मध्ये खनारमा पूर्व राष्ट्रिय खेलाडी सम्भु बास्तोलाको मृत्यु भए पछि खनार क्षेत्रमा स्थानीयले आपत्ती जनाएका थिए । पछि स्ल्याब ल्याउँने कुरा भए पनि अहिले सम्म राम्ररी स्ल्याव नलगाएको खनारका स्थानीयबासी तथा खुद्रा ब्यापारी अमृत चौधरीले बताए ।
तरहराकै स्थानीय भिषण खड्काको सडककै नालामा मोटरसाईकल सहित ढुबेर घाईते भए । अहिले उनको कुमको हड्डी नै नचल्ने भएको छ । मोटरसाईकलमै तरहरा क्षेत्रमा ६ लेन सडकको नालामा उनी ढुबेका थिए । इटहरीका नेकपा युवा नेता मदन चुडालले ६ लेन सडकमा चरम लावरवार्ही भएको आरोप लगाए । ठेकेदार र आयोजना कम्पनी मिलेर आर्थिक चलखेल हुने गरेको भन्दै यस विषयमा सम्वन्धीत निकायले ध्यान दिनु पर्ने बताए ।
नेपाली काग्रेसका नेता कोवित कार्कीले पनि ६ लेन सडक ज्यानमारा बन्दै गएको भन्दै आपत्ती जनाए । सडकलाई खेलाची गरिरहेको भन्दै तत्काल नालामा स्ल्याब हाल्ने काम सुरु गर्नु पर्ने उनको माग थियो । दिनको सयौ यात्रु आवतजावत गर्ने सडकको अवस्था दयानिय बन्दै गएको भन्दै ६ लेन सडकलाई ब्यवस्थित गर्नु पर्ने उनको माग थियो । सडक क्षेत्रको अवस्थालाई ध्यान दिदै स्थानीय सरकारले खवरदार गर्नु पर्छ कार्की भन्छन् ।
एडिबीको ऋण सहयोगमा सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ५८ करोड विनियोज गरी काम शुरु गरेको थियो । सम्झौतामा नालाको भित्री पर्खाल प्लास्टर गरेपछि मात्रै ढलान गर्नुपर्ने हुन्छ तर खै त सरकारी निकायको अनुगमन गरेको छैन । सञ्चारपाटी



