खबर

ज्ञानेन्द्र शाहीमाथि आक्रमणको आरोपमा १ जना भरतपुरबाट पक्राउ

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार भरतपुर ११ बाट अबिरल पोखरेललाई पक्राउ गरेको हो । अन्यको खोजी भइरहेको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए। शाहीमाथि आक्रमणको आरोपमा एक साताअघि चितवन प्रहरीमा किटानी जाहेरी परेको छ । सोही जाहेरीको आधारमा प्रहरीले आक्रमणमा संलग्नको खोजी गरिरहेको छ ।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने शाहीमाथि आक्रमण भएपछि आक्रमणकारी पक्राउ गर्न नसकिएको भन्दै प्रहरीको आलोचना भएको थियो। गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो।

ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो। उनको टाउकोमा चोट लागेको थियो। प्रहरीका अनुसार घटनामा संलग्न अन्य केही फरार छन् ।
नारायणी अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button