कला

इन्डस्ट्रीमा अमिताभ बच्चनको ५० वर्ष : पहिलो फिल्ममा ५ हजार पारिश्रमिक

एजेन्सी, मुम्बई,

भारतीय फिल्मका ‘महानायक’ अमिताभ बच्चनले फिल्मी दुनियाँमा आफ्नो यात्रा आरम्भ गरेको ५० वर्ष पूरा भएको छ । आधा शताब्दीदेखि इन्डस्ट्रीमा आफ्नो बलियो साम्राज्य बनाएका उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ ७ नोभेम्बर १९६९ मा प्रदर्शन भएको थियो । त्यसबेलादेखि अहिलेसम्म उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेको छैन ।

५० वर्ष अगाडि सुरु भएको उनको फिल्मी सफर आजसम्म पनि सफलताको नयाँ-नयाँ खुड्किलो उक्लँदै गएको छ । अमिताभ बच्चनलाई स्ट्रगलको बेला ‘सात हिन्दुस्तानी’ मिलेको थियो । त्यसबेला उनले पैसा हेरेनन् । यो फिल्ममा काम गर्नका लागि उनलाई ५ हजार मिलेको थियो । अहिले उनी एक फिल्मका लागि १८ देखि २० करोडसम्म पारिश्रमिक बुझ्ने गर्दछन् ।

फिल्म ‘सात हिन्दुस्तानी’ ख्वाजा अहमद अब्बासले लेखेका थिए । फिल्मको निर्माता र निर्देशक पनि अब्बास नै थिए । यो फिल्ममा उत्पल दत्त, मधु, एके हंगलसँगै अमिताभले प्रमुख भूमिका निभाएका थिए । तर, यो फिल्म बक्सअफिसमा असफल भएको थियो । तर, उक्त फिल्म यसकारण इतिहासमा याद हुनेछ कि यसमा हिन्दी फिल्मका ‘महानायक’ ले काम गरेका थिए ।

उमेरले ७७ वर्ष पुगेता पनि अमिताभ अझै पनि फिल्ममा सक्रिय छन् । उनलाई प्रशंसकले गुरु र प्रभुको रुपमा पुज्ने गर्दछन् । उनको नाममा मन्दिर समेत स्थापना भएको छ । सन् २०११ मा उनको जन्मदिनमा फ्यानले मन्दिरको स्थापना गरेका थिए । र, हरेक वर्ष उनको जन्मदिनमा यो मन्दिरमा पूजा हुने गर्दछ । तर, उनको लिभरले मात्र २५ प्रतिशत काम गर्छ ।flimykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button