सृजनाको चौतारी

आमा त्यो त आईनै सक्यो त !

कविता

जी एन शर्मा
छोरो

कहिले रोटी बनेर
कहिले बेटी बनेर
थरिथरिका भाका हालेर
कहिले पूर्वबाट
कहिले पश्चिमबाट
कहिले दक्षिणबाट , कोर्तदै र खन्दै
कहिले बुट बजार्दै आमा त्यो त नजिकै आयो त
आमा,
उसकै तालमा नाच्न थाल्यौ
उसकै कुरा मान्न थाल्यौ
तिमी आफै सिल्ली बन्यौ जे गर्दा दिल्ली भन्यौ
अनि त्यो नआए को आउँछ त ?
छोरो
कुर्सीमोह ठूलो लाग्यो
भुइँको यादनै भएनथ्यो
यता भन्दा उतै जाने बानी हाम्रो परेकोथ्यो
सत्ता सार्न कुर्सी तान्न उसैलेनै सिकाएथ्यो
सिल्ली कुरा गर्न पनि उसैलेनै पढाएथ्यो
आमा
मालिक मान्छौ परायलाई आफ्ना भए बिराना
बसेकाछन् उसकै मान्छे तिम्रा सबै किनारमा
बल्ल बुझ्यौ आफ्नो माटो जनतालाई कति प्यारो
कुर्सी भेट्दा सबै भुल्यौ अहिले प¥यो तिम्लाई साह्रो
आमालाई पाखा बनाई लालचमा फस्दा खेरी
आयो भन्दै कराउँछौ , अहिले फेरि मलाई संझी

छोरो
उपाय त देऊ न आमा नजिक नजिक आयो भन्छन्
देशभक्तले माटो समाई सडकलाई तताई सके
तिमीलाई टाढा बनाई उसलाई आफ्नो बनाउँदा
बेलाबेला नाटक गरि मै हुँ भन्ने देखाउँदा
आमा
असमान ती तमसुक अब च्यातच्युत पार्नु पर्छ
एक ईन्च पनि आफ्नो पटि काँडे तारले बार्नु पर्छ
शीर ठाडो पारि सधै स्वाभिमानले बोल्नु पर्छ
आत्मसम्मान बचाएर , मित्रता नि गास्नु पर्छ
आमा हाँस्दा तिमी हाँस्छौ,
आमा रुँदा पराई हाँस्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button