कृषि र किसान

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो ।

विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ ।

मुलुकमा आयात हुने मुख्य नाकाहरु वीरगञ्ज, काकरभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगातका मुख्य नाकामा विषादी परीक्षण गर्ने प्रयोगशाला राख्न लागिएको हो ।  कारोबार दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button