सृजनाको चौतारी

आमाको अस्मिता


कला चुडाल

साना कांटीकी मेरीआमा,
सानैदेखि निकै राम्री रे,
हजुर बाले भन्नु हुन्थ्यो,
नमिलेको त केही नै थिएन रे,
त्यति बेलै पनि पहेंलो फरिया, हरियो चौवन्धी र शिरमा बाधेको सेतो बुट्टे मजेत्रोले
स्वर्गकै अप्सरा जस्ती देखिन्थिन् रे,
रुपैले त होला नि , तल्ला माथ्ला गांउका मान्छेले निकै आंखा गाडेका थिए रे

कडा मिजासकी मेरी आमा,
ठ्याक्कै हजुर बा जस्तै,
अन्याय नगर्ने अनि अन्याय नसहने,
आफु बाचुन्जेल स्वाधिन रहन्छु भन्ने उनी
अहिले निकै विक्षिप्त छन्,
अहिले निकै लाचार छन्

बुढेस काल लागेरै होला,
आज तिनै मेरी साहसी आमालाई
निकै टाढा दिएकी मेरी काली दिदीको सतित्व लुटिएको,
अनि कान्छा छोराको वास उठेको खवरले पनि छुदैन रे,
उनी त,मात्र भुईंको माटो सोहोर्दै,
बलिन्द्र आंशु खसाउदै,
सुनेको नसुने झैं गर्छिन् रे

कठै यस पालि त निकै थला परिछन् आमा,
बेहोसीमै चौबन्धीको तुना फुस्किएर
स्वरुप मात्रको बुबु देखिएको त कति हो कति,
खै के हो एक दिन त
लगाएको फरिया पनि सम्हाल्न नसकेर
छिमेकीकी छोरीले “आमै तपाईंको पापा देखियो “ भनेर जिस्क्याइछन् पनि १

त्यो दिन आमा निकै बेर रोइछन आफ्ना सन्तानलाई संझेर,
आफुले छोप्न नसकेको “ पापा र बुबु” को लाज छोप्न आफ्ना सन्तान अवस्य आउछन् भनेर,
अनि बालिछन् आसाको दियो कहिल्यै ननिभ्ने गरेर

आज मैले पनि प्रार्थना गरें,
आमाको दियो धेरै दिन बाल्न नपरोस् भनी,
अनि मन मनै कामना गरें उनको लाज छिट्टै छोपियोस् भनी (देश दुखेको सन्दर्भ ) फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button