स्वास्थ्य

पिआरपी : दुखाइ कम गर्ने आधुनिक प्रविधि

डा हरि रिजाल

शल्यक्रिया बिना नै गरिने एक अत्याधुनिक उपचार पद्धति हो, पिआरपी (प्लेटलेट रिच प्लाज्मा) सम्बन्धी नयाँ प्रविधि। यसले हड्डी तथा मांसपेसीका दीर्घकालीन समस्याहरुलाई स्वभाविक तथा प्राकृतिक रुपमै चिरस्थायी उपचारलाई बढावा दिएर पीडा कम गर्छ।

लेटलेटहरू रगत जम्न मद्दत गर्ने महत्वको लागि राम्ररी परिचित छ। प्लेटलेटमा सयौं प्रोटिन हुन्छन्, जसलाई ग्रोथ प्mयाक्टर्स भनिन्छ। हड्डी तथा मांसपेसीको दुखाइको उपचारमा ग्रोथ प्mयाक्टर्सको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ।

पिआरपी तयार गर्दा सबैभन्दा पहिला बिरामीबाट नै रगत झिकिन्छ। त्यसपछि एक प्रकारको रोटे मेसिनको सहायताले प्लेटलेटहरू अन्य रक्त कोषहरूबाट अलग गरिन्छ। यसरी प्लेटलेट रक्तकोषिका छुट्याउने प्रक्रियालाई चिकित्सकीय भाषामा सेन्ट्रिफ्युगेसन भनिन्छ। यस प्रक्रियाबाट प्लेटलेटको सांख्यिक घनत्व बढेर जान्छ। यसरी तयार परिएको घानत्विक प्लेटलेटलाई बाँकी रगतसँग मिसाइन्छ। त्यसपछि तयार हुन्छ, पिआरपी (प्लेटलेट रिच प्लाज्मा)।

प्लेटलेट डिराइभ्ड ग्रोथ प्mयाक्टर (पिडिजीएफ), इन्सुलिन लाइक ग्रोथ फ्याक्टर (आइजिएफ), भास्कुलर इन्डोथेलियल ग्रोथ फ्याक्टर (भिइजिएफ), प्लेटलेट डिराइभ्ड एन्जियोजेनिक ग्रोथ प्mयाक्टर (पिडिएफ) र ट्रान्सफर्मिङ ग्रोथ फ्याक्टर बिटा (टिजिएफ–बिटा) लगायतका ग्रोथ फ्याक्टरहरु दुखाइ निर्मुल वा कम गर्न सहायक मानिन्छन्।

खासगरी ग्रोथ प्mयाक्टरहरु घाउ निको पार्ने र शरीरका कोषहरुको विभाजन प्रक्रियाहरू (रिजेनेरेटिभ प्रोसेसेज) को मुख्य चरणहरूमा समावेश हुने गर्छन्। फलस्वरुप प्रभावकारी रुपमा दुखाई निर्मुल गर्न मद्दत मिल्छ।

हड्डी तथा मांसपेसीका दुखाइहरुको उपचारमा प्लेटलेट रिच प्लाज्मा (पिआरपी) हालसालै जोडिएको आधुनिक तथा निकै प्रभावकारी प्रविधि हो। पिआरपीको गैरशल्यक्रिया प्रविधिसम्बन्धी उपयोगको अवधारणा सप्mट टिस्यु प्याथोलोजीका क्षेत्रहरुसँग सिधा सम्बध राख्छन्।

छालाको बाहिरी सतहको मुनि दिइने सुइले तन्तुहरुको पुनर्जनन् गराउँछ। पिआरपीमा रहेका प्लेटलेट जब सक्रिय हुन्छन्, तब असंख्य ग्रोथ प्mयाक्टर्स र बायोएक्टिभ प्रोटिनहरू उत्पन्न हुन्छन्, जसले चोटपूर्ण तन्तुहरुलाई निको पार्ने प्रक्रिया मध्यस्थता गर्ने गर्छ। जसका कारण दुखाइ निकै कम भएर जान्छ र चोट लागेका तन्तुहरु समेत सामान्य भएर आउँछन्।

अन्तमा, तपाईं दुखाइबाट पीडित भएर बस्नुभएको छ भने आधुनिक विकल्पको उपचार पिआरपी प्रविधिको प्रयोग गरी मांसपेसीको दुखाइ कम गर्न सक्नुहुन्छ।

-(डा रिजाल पेन स्पेसलिस्ट हुन्)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button