कला

‘हाउसफुल ४’ ले पार गर्‍यो २ सय करोड

एजेन्सी,

बलिउडका ‘खेलाडी’ अक्षय कुमार स्टारर फिल्म ‘हाउसफुल ४’ सुपरहिट साबित भएको छ । २५ अक्टोबरबाट प्रदर्शनमा आएको फिल्मले आलोचनाको बाबजूद पनि राम्रो कमाई गरेको छ । बक्सअफिसमा फिल्मको कमाईको रफ्तार अझैसम्म पनि रोकिएको छैन । फरहाद सामजी द्वारा निर्देशित फिल्मले प्रदर्शनको तीन हप्तामा २ सय करोडको आँकडा पार परेको छ ।

कृति सेनन, रितेश देशमुख, कृति खरबन्दा, बबी देओल र पूजा हेगडेको पनि प्रमुख भूमिका रहेको फिल्मले प्रदर्शनको तीन हप्तामा २ सय ६ करोडको आँकडा छुन सफल भएको कोइमोइको दाबी छ । फिल्मले प्रदर्शनको पहिलो हप्तामा १ सय ३५ करोडभन्दा बढी कमाएको थियो । ‘हाउसफुल ४’ ले बक्सअफिसमा २ सय करोड छाप्नुमा ब्रान्ड नामलाई कारण मानिएको छ ।

तर, सोसल मिडियामा फिल्मको कमाईलाई झुट बताइएको छ । निर्मातामाथि फिल्मको बक्सअफिस आँकडा बढाएर पेश गरेको आरोप लागेको छ । तर, यस विषयमा निर्माण टिमले कुनै अभिव्यक्ति दिएको छैन । अभिनेता अक्षय कुमारले भने गलत आँकडा पेश गरेर फिल्मलाई सफल बनाउने प्रयास नगरिएको बताएका छन् । उनी फिल्मको कमाई सत्य रहेको बताउँछन् ।

चर्चित फिल्ममेकर साजिद नाडियाडवालाको नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्मित ‘हाउसफुल ४’ को सह-निर्माता फक्स स्टार स्टुडियो हो । यो फिल्मको निर्देशन पहिला साजिद खानले गरेका थिए । तर, ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि उनी फिल्मबाट बाहिरिए । ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि फिल्मबाट अभिनेता नाना पाटेकरले समेत हात धुनु परेको थियो ।flimykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button